एनभीए क्लब भलिबल च्याम्पियनसिप आजदेखि, पहिलो दिन चार खेल हुँदै

१० असोज ७८, आइतबार
Share this
767shares

१० असोज, काठमाडौं ।

Advertisement

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज (आइतबार)देखि सुरु हुँदैछ। नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।

च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुँदे छ। उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

समूह सीमा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।

यस्तै दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।पुरुषतर्फको तेस्रो खेलमा समूह एको बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ।

Advertisement

नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच प्रतिस्पर्धा हुने आजको चौथो खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ। महिलातर्फको खेल मंगलबारबाट सुरु हुनेछ। प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउनेछन्।प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख तथा तेस्रोले १ लाख प्राप्त गर्नेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top