एमाले केन्द्रीय कमिटी बैठक आज पनि, ओली र पोखरेलले जवाफ दिने

१० असोज, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज सकिने भएको छ ।

आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफलबाट आएका निष्कर्षहरूलाई दस्तावेजीकरण गर्दै बैठक सकिने भएको हो ।

बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा समूहगत छलफलमा आएका सुझावलाई दस्तावेजीकरण गर्ने र प्रतिवेदनका विषयमा उठेका जिज्ञासाको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्न विभागीय गरी १० वटा समूह बनाएको थियो । समूहगत छलफलका क्रममा नेताहरूले उमेर हद र पदाधिकारी अवधिका विषयमा सुझाव दिएका थिए ।

पार्टीमा पुराना पुस्ताको वर्षौंदेखिको ववर्चस्वले नयाँ पुस्ताले अवसर नपाएको सुझाव समूहगत छलफलमा आएको थियो । ७० वर्षे उमेर हद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्यले जोड दिएका छन् ।

केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि जारी छ । एमालेको विधान राष्ट्रिय महाधिवेशन १५–१७ असोजमा हुने मिति तय गरिएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top