यमनमा हुथी विद्रोही र गठबन्धन सेनाबीच भिडन्त, ६७ जनाको मृत्यु

११ असोज ७८, मंगलबार

१२ असोज, एजेन्सी ।

यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भएको भिडन्तमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ ।

देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो ।

यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

प्रान्तभरी रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी रहेका छन् ।

‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ’, सैन्य स्रोतले भन्यो ।

अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्रोहीहरूले भने कहिले कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् ।

सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठवन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top