पूर्वान्चल कलेज प्रिन्स तथा प्रिन्सेसको ग्रान्डफिनाले यही साउन १२ गते शनिबार विराटनगरमा हुने भएको छ ।
स्थानीय रोडशेषस्थित बिग होटलमा आयोजना हुने फाइनल प्रतिस्पर्धामा फेसन शो तथा लाइभ म्युजिकको समेत मनोरन्जन लिन सकिने आयोजक एडहोमले जनाएको छ । एडहोम प्रिजेन्सले वर्ष २०१३ देखि पूर्वान्चलमा यस्ता खाले कार्यक्रम गर्दे आएको छ ।