अवरुद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै

१७ असोज ७८, सोमबार

१८ असाेज, मनाङ।

यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ । विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो ।

“दसैँ अगाडि सदरमुकाम चामेसम्म सडक पुनःसञ्चालमा ल्याउने लक्ष्य पूरा भएको छ, अब तलेखु–भ्राताङ भिरमा सडक बनेपछि खाङ्सार हुनेछ”, प्रजिअ लामिछानेले भने । भ्राताङ–पिसाङबीचमा सडकखण्ड खुलेपछि मनाङवासी र पर्यटकलाई सहज हुने उनले बताए । अवरुद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुलाउने गरी काम भइरहेको उनले बताए ।

उनका अनुसार उक्त सडकखण्ड सञ्चालन भएपछि मनाङ जिल्लाको सडकखण्ड लगभग पूर्णरुपमा खुल्नेछ । मनाङ सडकखण्डअन्तर्गत कार्यक्रमसहित आयोजना गर्दै खुला भएको सन्देश दिन मनाङवासीले पर्यटकलाई निम्तो दिने गरेका छन् । असार १ मा परेको अविरल वर्षापछि आएको बाढीपहिराका कारण भ्राताङ भिरमा सडक अवरुद्ध भएको थियो, ङिस्याङ गाउँपालिकाका प्रमुख कान्छा घलेले भने। ङिस्याङ गाउँपालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा सडक निर्माण गरिएको उनले बताए।

जिल्लामा सडक अवरुद्ध भएपछि सहज बनाउन प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ मनाङमै बसेर लागिपरेको प्रजिअ लामिछानेले बताए । बन्द रहेको सडक प्रतिनिधिसभा सदस्य गुरुङको नेतृत्वमा ४५ दिनमै खुलाइएको उनले बताए ।

सो सडकखण्ड अवरुद्ध हँुदा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा कठिनाइ भएको उनले बताए । “खाद्यान्न र औषधिजन्य सामग्रीको आपूर्तिमा नै समस्या थियो । हेली चार्टर गर्नसक्ने सबैको अवस्था छैन”, अध्यक्ष घलेले भने, “जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिस तथा स्थानीयको साथ र सहयोगमा सडक खुलाइएको छ । सडक चलेपछि अहिले स्थानीयबासीमा खुसियाली छाएको छ ।”

विगतमा लामो समय लगाएर सडक सञ्चालनमा ल्याउने गरेको भए पनि यसपटक छिटो गरी सडक सञ्चालनमा आएको छ । विगतमा लामो समय लागे पनि यसपटक ४५ दिनमा सडक सञ्चालन भएको छ । बेँसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटर छ । अब उक्त सडकखण्डअन्तर्गतको तलेखु–भ्राताङ भिरमा सडक सञ्चालन हुन बाँकी छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top