खुला दिसामुक्त झापाको दुर्दशा

१८ असोज ७८, मंगलबार

१९ असोज, झापा ।

गौरादह– २ दहलुकी बालख हेमरमलाई खुला ठाउँमा दिसा नगर्न भन्दै शौचालय निर्माणका लागि स्थानीय तहले रिङ र प्यान दियो । तर, नगरपालिकाले शौचालय बनाउन भने सहयोग गरेन ।

सामग्री पाए पनि निर्माणमा सहयोग नगर्दा उनले हालसम्म शौचालय बनाउन सकेकी छैनन् । ‘प्यान र रिङ दिएको दुई–तीन वर्ष भयो तर चर्पी बनाउन सहयोग गरेन ।

घरको मान्छे त्यही बेला बिरामी हुनुभयो’, उनले भनिन्, ‘बनाउनलाई पैसा थिएन । बनाउन सकिएन ।’ उनको परिवार अहिले पनि अर्काकै शौचालय प्रयोग गरिरहेको छ ।

दहलुकै सीता हेमरमसँग घरमा शौचालय भएको कार्ड छ । तर, उनीसँग शौचालय छैन । गौरादह नगरपालिकाले रिङ र प्यान दियो । उनले रिङ र प्यान गाडेकी पनि छन् । तर, शौचालय बारबेर गरेकी छैनन् ।

अहिलेसम्म उनको शौचालय प्रयोगमा आएको छ । ‘टाटी लगाएर बारबेर त गरेको थिएँ’, उनी भन्छिन्, ‘बर्खामा सबै भत्कियो । अहिले बनाउनलाई पैसा छैन ।’

उनको परिवार अहिले पनि खेत र झाँडीमा खुला दिशा गर्दै आएको छ । ‘कहिले खोला–खोल्सी जान्छौँ’, सीता भन्छिन्, ‘नभएपछि के गर्ने त !’

झापालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाले सत प्रतिशत शौचालय बनेरै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको जनाएको छ ।

तर, पछिल्लो समय सरसफाइमा कम बजेट आउँदा जनचेतनाको कार्यक्रम गर्न नसकिएको डिभिजन प्रमुख सयनकुमार श्रेष्ठले जानकारी दिए ।

गौरादह नगर प्रमुख रोहितकुमार साहले नगरपालिकाभित्र विपन्नलाई शौचालय निर्माणका लागि लाखौँ खर्च गरेको दाबी गरे । उनले जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए ।

तर, केही विपन्न नागरिकले भने शौचालय प्रयोग नगरेको उनी स्वीकार गर्छन् । ‘५०औँ लाख खर्चेर हामीले विपन्नको शौचालय निर्माण गरिदिएका छौँ । जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ ।

अहिले पनि केही घरहरूमा तराई–मधेस समृद्ध कार्यक्रमअन्तर्गत शौचालय निर्माणको तयारी भइरहेको छ’, उनले भने, ‘यद्यपि, हामीले प्रयास गरिरहँदा पनि केही समस्या भने आएका छन् ।

केही दिन शौचालय प्रयोग गर्ने र पछि परंपरागत रूपमा बाहिर जाने गरेको देखिएको छ । खोला किनार धाद्रो भएको ठाउँमा जाने अवस्था छ ।

चेतना कम भएर हो कि अझै पनि हामीले दायरमा ल्याउन सकिरहेका छैनौँ । तर, पनि हाम्रो प्रयास जारी छ । अधिकांश घरहरूमा शौचालय छ ।’

सरकारले झापालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि दक्षिणी क्षेत्रमा अधिकांशले शौचालयको रूपमा खोला खोल्सा नै प्रयोग गर्दै आएका छन् ।

खुला दिशामुक्त क्षेत्र घोषणापछि पर्याप्त जनचेतनामूलक कार्यक्रमहरू नगर्दा अधिकांश अहिले पनि खुला रूपमा दिसा–पिसाब गर्दै आएका छन् । घरमा शौचालय भए पनि केहीले प्रयोग नै गर्दैनन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top