६ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्ग अर्बपतिको सूचीबाट एक स्थान तल झरे

१९ असोज ७८, मंगलबार
Share this
740shares

१९ असोज, एजेन्सी ।

Advertisement

करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् ।

अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् । आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन् ।

Advertisement

नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् ।

केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ । सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए ।

Advertisement

फेसबुकलगायतका एपहरु बन्द हुँदा सिइओ मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ । योसँगै जुकरबर्ग बिश्वकै अर्बपतीको सुचीबाट एक स्थान तल झरेका छन् ।

फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोर्ब्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन् । यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top