भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१८ असोज ७८, मंगलबार

१९ असोज, काठमाडौं ।

Advertisement

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

ना३२प ६६ ७३ नम्बरको मोटरसाइकल गए राति करिब साढे ११ बजे कौशलटारनजिकै आफैँ अनियन्त्रित भइ रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक पर्साको हरिनाथगन्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो।

Advertisement

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्साकै वीरगन्जका नेपाल प्रहरीमा कार्यरत सियाराम सिंह गम्भीर घाइते भएका छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग बालकोटले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top