गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

१९ असोज, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् ।

सोमबार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाइ सम्बोधन गर्दैै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतिको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताइन् ।

उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतिको रूपमा देखा परेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले वातावरण प्रदूषण, विषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादकपदार्थ सेवन लगायतका अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्रति खुसी पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोली प्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि बताइन् ।
२२ वर्ष अघि चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण भएको अस्पतालमा प्रत्येक बर्ष परिवर्तन हुनेगरी चीनबाट नै चिकित्सको टोली आउने गरेको छ ।

अघिल्लो वर्ष आएका १५ जनाको विशेषज्ञ चिकित्सको टोली आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेको हो । कार्यक्रममा चिनियाँ चिकित्सकको टोलीले नेपालको स्वास्थ्य क्षेत्रको अबस्था र आफुहरुले काम गर्दाको अनुभव व्यक्त गरेका थिए भने टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र समेत प्रदान गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top