उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

१८ असोज ७८, मंगलबार

१९ असोज, काठमाडौँ ।
विगतमा दशैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे । बसपार्क तथा टिकट काउन्टरमा गाउँफर्किन चाहने यात्रुको लाइन हुन्थ्यो । तर यस पटक अवस्था फरक देखिएको छ । यस वर्षदशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिएपनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साहपनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५ सय सवारी साधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८ सय सवारी साधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका छन् । यस दिन उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या १० हजार ५०० बढी छ । महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले मानिसमा कोरोना महामारीको त्रास बाँकी नै रहेकाले अघिल्ला वर्षको तुलनामा यस वर्ष दशैं मनाउन घर फर्कने यात्रु कम रहेको बताए । उनकाअनुसार असोज १४ गते पनि उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या धेरै थियो ।

सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि ११ गतेसम्म उपत्यका छाडेर जाने यात्रु ३ लाख हाराहारीमा मात्र रहेको बताए । उनका अनुसार अहिले पनि उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रु कम छन् ।

विगतमा २० लाख यात्रु बाहिरिने गरेको थियो तर यसपटक भने उल्टो भइरहेको छ । वर्षातका कारण कतिपय पहाडी जिल्लामा बाटोको अवस्था राम्रो नभएकाले पनि उपत्यका छाड्ने यात्रुको संख्यामा कमी आएको उनको भनाइ छ । कतिपय पहाडी जिल्लाबाट आएका सवारी साधन राति २ बजेसम्म पनि काठमाडौं प्रवेश गरिरहेको उनले बताए । अग्रिम टिकट बुकिङमा पनि यात्रुको खासै चासो नदेखिएको यातायात व्यवसायी बताउँछन् । बस व्यवसायी नरेन्द्र न्यौपानेका अनुसार घटस्थापना आउन केहीदिन मात्र बाँकी हुँदा पनि घर जाने यात्रु अन्य वर्षको तुलनामा निकै कम छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top