एक किलो चिनीमा १६ रुपैयाँ नाफा

१९ असोज ७८, बुधबार

२० असाेज, बागलुङ ।

Advertisement

चाडपर्व नजिकिएसँगै बागलुङमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । बागलुङमा सरकारले तोकेको नुन, चिनीको मूल्यभन्दा निकै महङ्गोमा खरिद बिक्री भएको उपभोक्ताले गुनासो गरेका छन् । सरकारले तोकेको चिनीको मूल्य रु ७९ र नुनको मूल्य रु १८ छ तर एक किलो चिनीमै रु १६ र नुनमा रु सात बढी मूल्य उपभोक्ताले तिर्दै आएका छन् । अहिले बजारमा भने उपभोक्ताले चिनीको रु ९५ र नुनको रु २५ दिँदै आएका छन् ।

चाडबाडको समयमा सस्तो मूल्यमा नुन, चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङले समयमै नुन, चिनी बिक्री नगर्दा उपभोक्ता झनै मर्कामा परेका छन् । कर्पोरेशनले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ताले चर्को मूल्यमा चिनी खरिद गर्दै आएका छन् । अहिले बजारमा चिनीको मूल्य प्रतिकेजी रु १०० छ । चाडबाड नजिकिए कर्पोरेशनको डिपो कार्यालय बागलुङले नुन, चिनी वितरण गर्ने सुरसार नै गरेको छैन ।

Advertisement

सरकारले असोज १० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन भने पनि हालसम्म बागलुङमा त्यस्ता पसल खुल्न सकेका छैनन् । चाडबाडको समयमा अन्य कुरा महङ्गोमा किन्दै आए पनि नुन, चिनी सुपथ मूल्य पसलबाटै खरिद गर्दा उपभोक्ताले राहत महसुस गर्दै आएका थिए तर यस वर्ष सुपथ पसल सञ्चालनमा नआउँदा समस्या भएको उपभोक्ता हरिप्रसाद सापकोटाले बताए ।

“विगतका वर्ष किलोमै रु १५ सस्तो र नुन रु चार सस्तोमा पाइन्थ्यो, अहिले चिनीको मूल्य बढेर प्रतिकेजी ९५ पुगेको छ भने नुनको मूल्य रु २५ पुगेको छ”, उपभोक्ता सापकोटाले भने, “उपभोक्ताले चाडबाडको मुखमा महङ्गो मूल्य तिर्दासमेत सरकोकारवाला निकाय मौन छ ।” बिचौलियाले एक केजी चिनीमै रु १६ र एक केजी नुनमा रु सात नाफा खाँदै आएका छन् ।

Advertisement

भारतबाट चिनी आयात नहुँदा दशैँअघि नुन, चिनीको सुथप पसल खोल्ने सम्भावना निकै कम रहेको कर्पोरेशन डिपो कार्यालय बागलुङका प्रमुख मनोज श्रेष्ठले बताए ।

कहिले चिनीको मूल्य निर्धारण नहुँदा गोदाममै चिनी थन्किएको र अहिले चिनीको मूल्य समयमै निर्धारण भए पनि चिनी नआएको डिपो कार्यालयको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top