जगणनाका गणकको ‘सर्ट लिस्ट’ सार्वजनिक

२० असोज, काठमाडौं ।

राष्ट्रिय जनगणनाको मूल गणना कार्यका लागि आवश्यक गणकहरूको ’सर्ट लिस्ट’ गर्ने काम सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागले ’सर्ट लिस्ट’मा परेका गणकलाई १ देखि ५ कात्तिकसम्ममा सम्बन्धित जिल्लाका जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गणक तालिम स्थानीय जनगणना कार्यालयमा १३ देखि १६ कात्तिकसम्म हुनेछ ।

सर्ट लिस्ट गरिएका गणकको नतिजा विभागको वेबसाइट https://cbs.gov.np वा  https://www.censusnepal.cbs.gov.np/मा हेर्न सकिन्छ ।

नतिजा हेर्न दरखास्त फारममा उल्लेख गरिएको मोबाइल नम्बर वा एनपीएचसी नम्बर इन्ट्री गरी हेर्न सकिन्छ ।

२५ कात्तिकदेखि ९ मंसिरसम्म संचालन हुने मूल गणनामा ३९ हजार गणकका लागि आवेदन माग गरिएको थियो । झण्डै एक लाख ५० हजारले आवेदन दिएका थिए । तर, विभागले आवश्यक गणकको संख्याभन्दा ३० प्रतिशत बढी गणकलाई सर्ट लिस्ट गरिएको बताएको छ ।

सर्ट लिस्टमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिएको विभागको भनाइ छ । यसका अतिरिक्त रोजेका ठाउँको संभाव्यता, विगतमा गरेको कामको अनुभव, शैक्षिक योग्यताको श्रेणी आदिलाई आधार मानेर नतिजा सार्वजनिक गरिएको बताइएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top