दशैँलाई लक्षित गर्दै सेनाले सुरु गर्याे नि:शुल्क यातायात सेवा

१९ असोज ७८, बुधबार

२० असाेज, काठमाडौं ।

Advertisement

दशैँलाई लक्षित गर्दै नेपाली सेनाले आफ्ना कर्मचारी र तिनका परिवारका लागि नि:शुल्क यातायात सञ्चालन गरेको छ।

सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यले सोमबारदेखि यातायात सेवा सञ्चालन गरेको हो।

Advertisement

स्थल एवं हवाई मुभ सञ्‍चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरुलाई आ-आफ्नो गन्तव्यस्थलसम्म पुर्‍याउने काम भइरहेको सेनाले जनाएकाे छ ।

हालसम्म जमिनी मुभबाट ५२० जना सकलदर्जा एवं आश्रित परिवार र हवाई उडानमार्फत ८६ जना लाभान्वित भएका सेनाले जनाएको छ। यो सेवा असोज ३० गतेसम्म सञ्चालन हुनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top