मुख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिने, बोलाइयो प्रदेश सभाको अधिवेशन

२१ असाेज, काठमाडौं।

Advertisement

बागमती प्रदेश सरकारले प्रदेश सभाको नवौं अधिवेशन असोज २४ गते आह्वान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते (आइतबार) दिनको ३ बजेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।

Advertisement

सोही दिन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि सदनसमक्ष प्रस्ताव पेस गर्ने प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेले जानकारी दिए।

शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यता छ। प्रदेश सभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

Advertisement

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ जना मात्रै सांसद छन्। प्रदेशसभामा गठबन्धनमा रहेका दल नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन्।

गठबन्धनमा सामेल नरहेका विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्। बाहिरका दलले साथ दिए पनि बहुमत सिद्ध गर्नका लागि मुख्यमन्त्री शाक्यलाई थप ४ सांसदको आवश्यकता पर्ने हुन्छ।

यता सरकारका प्रवक्ता पाण्डेले मुख्यमन्त्रीले विश्वासको मत पाउने दाबी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top