×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

दसैं मनाउन घर फर्किए परदेशी

२१ आश्विन २०७८

नेपालगञ्ज: दैलेख ठाँटीकाँधका तपेन्द्र बडुवाल दसैं मनाउन भारतबाट घर फर्केका छन् । उनी भारतको हिमाञ्चल प्रदेशको मनिकरनमा स्याउ टिप्न गएका थिए ।

नेपालगन्जको सीमा नाका जमुनाहामा एन्टिजिनबाट कोरोना परीक्षणका लागि लाइनमा भेटिएका बडुवालले भने, ‘५० दिनमा २५ हजार भारु (नेपाली ४० हजार) कमाइ भयो । दसैं मनाउन घर फर्केको छु । दसैं–तिहार मानेर फेरि भारत जान्छु ।’ स्याउ टिपेबापत उनलाई दैनिक पाँच सय भारु मिल्थ्यो । खान बस्न साहूले नै व्यवस्था गरेको थियो ।

Advertisement
Advertisement

भारतको गुजरातस्थित होटलमा काम गरेर घर फर्कदै गरेका दैलेखको महाबु गाउँपालिका रानीवनका रणबहादुर सुनार पनि ३ दिनको यात्रापछि नेपालगन्ज पुगे । पाँचौं दिन उनी घर पुग्नेछन् । भारतमा धेरै कोरोना संक्रमण भएको राज्यमा रहँदाको उनले अनुभव सुनाए, ‘कोरोनाबाट मृत्यु भएकाहरूको लास पोल्ने ठाउँ पनि थिएन । भर्खरै गएको थिए । कोरोनाले होटल बन्द भइहाल्यो । घर फर्कने पैसा पनि भएन । कोरोना निकै घटेपछि घर फर्कन पाइयो ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम विभिन्न जिल्लामा घर भएका कालीपारे (भारतमा कमाउन गएका) परदेशीहरू फर्कनेहरूको सीमा नाका जमुनाहामा घुइँचो लाग्न थालेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई मीनबहादुर विष्टका अनुसार सोमबार १ हजार ७ सय जना नेपाली घर फर्केका छन् । यो एन्टिजिनबाट कोरोना परीक्षण गराउनेको मात्र रेकर्ड हो । इन्चार्ज विष्टले प्रष्ट पारे, ‘सोह्र श्राद्ध सकिएपछि दसैंको नवमीसम्म अहिले आएको भन्दा झन्डै ५ गुणा बढी नेपाली स्वदेश फर्केछन् ।’

जोगवनी नाकाबाट भित्रिनेको लर्काे
दसैं लगायतका चाडपर्व नजिकिँदै जाँदा विराटनगरको जोगवनी नाकाबाट नेपाल प्रवेश गर्नेहरूको लर्को लागेको छ । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेर गन्तव्यतर्फ लाग्नेको संख्या दैनिक एक हजारभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनका अनुसार पछिल्लो एक साताको अवधिमा यो नाका हुँदै आठ हजारभन्दा बढी सर्वसाधारण नेपाल प्रवेश गरेका छन् ।

काम, अध्ययन एवं रोजगारीका सिलसिलामा भारत पुगेकाहरू चाडपर्व नजिकिएपछि धमाधम घर फर्किरहेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द रहेको यो नाका एक साताअघि मात्रै खुला गरिएको हो । नाका खुलेपछि सवारी साधन र मानिसले सहज रूपमा आवतजावत गर्न पाइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । चाडपर्वका बेला सीमा नाकामा हुनसक्ने भीडभाडलाई लक्षित गरेर उच्च सतर्कता अपनाइएको उनको भनाइ छ ।

नेपालबाट दैनिक उपभोग्य वस्तु खरिदका लागि भारतको जोगवनी बजार जानेहरूको पनि ठूलो भीड लागिरहेको छ। चाडपर्व नजिकिएसँगै सीमामा आवतजावत बाक्लो हुँदा सुरक्षा सक्रियता बढाइएको दाहालले बताए । चाडपर्वका बेला हुनसक्ने अवैध एवं अवाञ्छित गतिविधि रोक्न भारतसँग सीमा जोडिएका स्थानलाई प्राथकितामा राखेर सतर्कता अपनाइएको जानकारी उनले दिए ।

उनका अनुसार नाकाबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहजीकरण र मानवीय चहलपहललाई ख्याल गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सीमामा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रजिअ दाहालले कोरोना संक्रमणबाट बच्न सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेर सीमा क्षेत्रमा जनेचतनामूलक सन्देशहरू पनि प्रवाह गर्ने काम भइरहेको छ ।

Advertisement

‘चाडपर्व नजिकिएकाले नेपालबाट भारतीय बजारमा उपभोग्य वस्तु खरिद गर्न जानेको संख्या अत्याधिक बढेको छ । कामका सिलसिलामा भारत पुगेकाहरू पनि चाडपर्व मनाउनलाई घर फर्कन थालेका छन्,’ उनले भने, ‘एक दिनमा १५ हजारभन्दा बढीको आवतजावत हुने गरेको छ । बढ्दो चहलपहलसँगै कोरोना संक्रमणलाई ख्याल गर्नुपर्छ भनेर प्रशासन चनाखो भएर लागेको छ ।’,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top