४० संस्थानमा चार हजारभन्दा बढी करार र ज्यालादारी कर्मचारी, अधिकांश दलका कार्यकर्ता

२० असोज ७८, बिहीबार

काठमाडौं : निजामति सेवा ऐन, २०४९ को दफा ७ ग मा कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था छ ।

त्यसविपरित नियुक्ति गरिए ती व्यक्तिले बुझेको तलक, भत्ता र अन्य सुविधाबापतको रकम नियुक्ति गर्ने पदाधिकारीबाट असुलउपर गर्ने व्यवस्था ऐनमा छ । तर, ऐनको व्यवस्था दुरुपयोग भइरहेको छ ।

आवशयक नै नभएको कामका लागि आफन्त र निकट व्यक्ति तथा दलका कार्यकर्ता भर्ती गर्ने प्रवृत्तिले सार्वजनिक संस्थानहरु करार र ज्यालादारी कर्मचारीले भरिएका छन् ।

कायम दरबन्दी पूर्ति गर्नुको साटो धमाधम करारमा भर्ती गरिन थालेपछि संस्थानहरु पनि धराशायी बन्दै गएका छन् । अर्थ मन्त्रालयले गत जेठमा सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षा, २०७८ मा देशका ४० सार्वजनिक संस्थानमा चार हजार ६६ करार र ज्यालादारका कर्मचारी छन् ।

अधिकांश कुनै न कुनै दलका कार्यकर्ता रहेको र नेता तथा पदाधिकारीको सिफारिसमा भर्ती भएक छन् । यसरी कर्मचारी राखेका अधिकांश संस्थान घाटामा चलिरहेका छन् ।

कर्मचारी भर्नाको विकृति रोक्न संविधानमै व्यवस्था गरेर संगठित संस्थामा पनि लोसेवाले नै स्थायी पदपूर्ति गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, कर्मचारीबाटै हुने कामका लागि संस्थानहरुले सयौं कर्मचारी करार र ज्यालादारीम भर्ती गरेका छन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top