सीता भण्डारी मृत्यु प्रकरण : तीन जना पुर्पक्षका लागि जेल चलान

२० असोज ७८, बिहीबार

२१ असोज, रुपन्देही ।

तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेशानुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

तिलोत्तमा–५ की भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृतावस्थामा भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइतीपक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् । भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसंस्कार गरिएको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top