विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी

२० असोज ७८, बिहीबार

२१ असाेज, बलेवा।

नेपाल सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्याे । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन् ।

सङ्घीय सरकार र स्थानीय सरकारको सझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहजकर्ताको मात्रै तोकिएअनुसारको तलब वृद्धि गरेको छ ।

बालविकास सहजकर्ताको तलब मासिक ६ हजारबाट वृद्धिभएर १५ हजार पुर्याइएको छ । विद्यालय कर्मचारी र सहयोगीको तलब तोकिए बमोजिम वृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताए। रु सात हजार मासिक तलब खाँदै आएका विद्यालय सहयोगीको तलब मासिक ८ हजार पुगेको छ । यो शिक्षा विभागले पठाउने सशर्त शीर्षकको तलब हो । ११ हजार पाँच सय रुपैयाँ तलब लिँदै आएका विद्यालय कर्मचारीको तलब १३ हजार पाँच सय पुर्याइएको छ ।

बजेटले सङ्घीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलब वृद्धि गर्न भनेको थियो । तर, १८ हजार ५०० पाउनुपर्ने विद्यालय कर्मचारीले १३ हजार ५ सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार मात्रै पाउने भएका हुन् । “नगरसभाले बजेटको व्यवस्था गरेको रहेनछ, हामीले तोकिएबमोजिम दिन्छौं भनेर भएन, जे आउँछ त्यही दिने हो”, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने। तोकिए बमोजिमको तलब नपाएकोमा विद्यालय कर्मचारी र सहयोगी आक्रोशित छन् । “अरु के के गर्न बजेट हुन्छ, श्रमजिवीलाई दिने बजेट नहुने ?”, तलब वृद्धिका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीले भने, “आन्दोलन हुन्छ, तोकिए बमोजिम तलब पाउनुपर्छ ।”

जिल्लाको जैमिनी गरपालिकाले बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब वृद्धि गरेको छ । तोकिए बमोजिम तलबमा कायम नभए पनि नगरले समेत साझेदारी गरेर तलब वृद्धि गरेको हो । तह अनुसार दुई हजारदेखि सात हजार ५०० सम्म तलब खाँदै आएका विद्यालय सहयोगीको तलब १० हजार र १३ हजार पाँच सय पुर्याइएको छ ।

“कक्षा १ देखि ३ सम्म चलेका विद्यालयका सहयोगीलाई १० हजार र बाँकी सबै सहयोगीलाई १३ हजार ५०० कायम गरेका छौं”, जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, “बालविकास सहजकर्ताको १५ हजार र विद्यालय कर्मचारी सबैको १८ हजार ५०० पुगेको छ ।” यसअघि सहजकर्ताले ६ हजार र विद्यालय कर्मचारीले ११ हजार ५०० तलब लिँदै आएका थिए ।

काठेखोला गाउँपालिकाले पनि पालिकाको बजेट अनुसार तलब वृद्धि गरेको छ । बालविकास सहजकर्ताको तलब शतप्रतिशत वृद्धि गरेर १२ हजार पुर्याइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए। शिक्षा विभागले उपलब्ध गराउने रु आठ हजारमा गाउँपालिकाले चार हजार थप गरेको हो । विद्यालय सहयोगीका लागि भने तहअनुसार नौ हजार, १२ हजार र १३ हजार पुर्याइएको छ । यसअघि उनीहरुले चार हजार, चार हजार ५०० र सात हजार ५०० पाउँदै आएका थिए ।

प्राथमिक, आधारभूत र माध्यमिक गरेर तीन तहमा कार्यरत विद्यालय सहयोगीले तह अनुसारको तलव वृद्धि गरिएको हो । विद्यालय कर्मचारीको लागि १७ हजार पुर्याइएको छ । “बजेटको स्रोत अनुसार वृद्धि भएको छ, एकै पटक ठूलो आर्थिक भार थेग्न पनि गाह्रो छ”, उनले भने । बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले पनि तलब वृद्धि गरेका छन् । अन्य स्थानीय तहले भने तलब वृद्धि भएको विषयमा जानकारी सार्वजनिक गरेका छैनन् । रासस

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top