श्रीलंकाले भारतलाई बराबरीमा रोक्यो, नेपाललाई फाइदा

२१ असाेज, एजेन्सी ।

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएकाे खेलमा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन । सुरुवाती दुई खेलमा हार बेहोरेपछि निकै दबाबमा रहेको श्रीलंकाले रक्षात्मक रणनीति अपनाएको थियो । यस बराबरीले भारतको फाइनल पुग्ने समीकरणमा भने धक्का पुगेको छ । भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ । यसअघि पहिलो चरणमा भारत बंगलादेशसँग पनि १-१ को बराबरीमा रोकिएको थियो ।

यस नतिजाले नेपालको फाइनल पुग्ने सम्भावनालाई भने सहयोग पुगेको छ । अंक तालिकामा नेपाल नै शीर्षस्थानमा कायम छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । बंगलादेश २ खेलमा ४ अंक तथा भारतको २ खेलमा २ अंक छ । भारत २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ । श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ ।

आज हुने अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आज जित हासिल गरे अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top