उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने

२१ असाेज, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महत्व दिएर राखेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पदबाट हट्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ राज्यमन्त्रीबाट हट्ने लगभग निश्चित भएको हो ।

श्रेष्ठलाई देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री भएको ७५ दिनमै श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका हुन् ।

सुरूमा चेन अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै उनको आलोचना भएको थियो । तर, पछिल्लो समय राज्यमन्त्रीका रुपमा श्रेष्ठले राम्रो काम गर्ने कोशिस गरेको चर्चा हुँदै आएको छ ।

आलोचना भएपछि राज्यबाट पाउने सेवा सुविधा नलिने घाेषणा गरेका उनले हालसम्म कुनै सेवा सुविधासमेत लिएका छैनन् ।  प्रधानमन्त्री देउवाले भने श्रेष्ठलाई नै स्वास्थ्यमन्त्रीमा निरन्तरता दिने अडान राखेका थिए । अरु थुप्रै केन्द्रीय सदस्यसमेत भइसकेका वरिष्ठ नेताहरुले पनि अवसर नपाएका कारण श्रेष्ठलाई राज्यमन्त्रीबाटै हटाउनुपर्ने दबाब देउवामाथि छ ।

एक नेताले भने देउवाले श्रेष्ठलाई विनाविभागीय मन्त्रीको रुपमा जिम्मेवारी पाउने सम्भावना रहेको बताए । सत्ता गठबन्धन शीर्ष नेताहरुले बिहीबारको बैठकबाट मन्त्रालय बाँडफाँटको विषय टुंग्याएर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top