×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

जम्बो कमिटीको अभ्यासमा नेकपा एस

२२ आश्विन २०७८

काठमाडौं: एमाले विभाजनबाट बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ‘जम्बो’ कमिटीको अभ्यास अगाडि बढाएको छ । वरिष्ठ नेतासहित १८ जना पदाधिकारी बनाएको नेकपा एसले बिहीबार चारजना पदाधिकारी थप गरेको छ ।

सचिव जगन्नाथ खतिवडा उपमहासचिव बनेका छन् भने गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासी सचिवमा मनोनयन भएका छन् । यससँगै नेकपा एसमा अध्यक्ष, दुई वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, चार उपमहासचिव र सात सचिवसहित २२ जना पदाधिकारी पुगेका छन् ।

Advertisement
Advertisement

यसअघि ७ असोजमा वरिष्ठ नेतामा झलनाथ खनाल र मुकुन्द न्यौपाने, सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका थिए ।

त्यस्तै, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल, सचिवहरूमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका थिए । नेकपा एसमा ३५ सदस्यीय स्थायी समिति, ७१ सदस्यीय पोलिटब्युरो बनेको छ भने सात सय १ सदस्यीय केन्द्रीय परिषद् बनाउने तयारी छ ।

तत्कालीन एमालेमा पोलिटब्युरो सदस्य रहेका सबै नेतालाई स्थायी समिति र केन्द्रीय सदस्य भइसकेकालाई पोलिटब्युरो सदस्य बनाउने नीतिगत निर्णय एसले गरिसकेको छ ।

बिहीबार बसेको एसको स्थायी समिति बैठकले केन्द्रीय कमिटीको संख्या पनि करिब टुंगो लगाइसकेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए । नेकपा एसले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउँदै छ । तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित एक सय ५९ सदस्यीय केन्द्रीय कमिटीको तुलनामा एसले दोब्बर सदस्य रहेको केन्द्रीय कमिटी बनाउन लागेको हो । एमालेले दशौं महाधिवेशनमा पनि एसको भन्दा ७६ जना कम अर्थात् दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने गरी विधान पारित गरेको छ ।

‘तीन सय एक सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लागिसकेको छ, केही प्राविधिक पक्ष मिलाएर शनिबारसम्म नाम सार्वजनिक गर्नेछौँ,’ खतिवडाले भने, ‘त्यसका लागि केन्द्रीय सचिवालयले शुक्रबार नामका विषयमा गृहकार्य गरेर टुंगो गर्नेछ ।’

त्यस्तै, नेकपा एसको स्थायी समिति बैठकले केन्द्रीय आयोगहरू अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३५ सदस्यीय, केन्द्रीय विभागहरू २५ सदस्यीय, स्थानीय कमिटीहरूमा ६ जनाको पदाधिकारी तथा जिल्ला कमिटीको आधारभूत संख्या एक सय एक सदस्यीय बनाउने टुंगो लगाएको छ । बैठकले विजय गुरुङको नेतृत्वमा केन्द्रीय सम्पर्क समन्वय कमिटी गठनका लागि प्रस्ताव गरेको छ । बैठकले केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालय गठन गरेको छ ।

महासचिव बेदुराम भुसाल नेतृत्वमा गठित केन्द्रीय कार्यालयमा उपमहासचिवहरू प्रकाश ज्वाला, विजय पौडेल, गंगालाल तुलाधर र जगन्नाथ खतिवडा रहेका छन् । त्यस्तै, महासचिव भुसालकै नेतृत्वमा सचिव र उपमहासचिवहरू रहेको ११ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको जनाइएको छ । सचिवालयलाई स्थायी समिति बैठक नबसेको वेला निर्णय गर्ने अधिकार दिइएको छ । पार्टीको चुनाव चिह्न कलम राख्ने कुराका लागि पहल गर्ने निर्णय गरेको छ ।

Advertisement

जोशी एसमा प्रवेश
एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी बिहीबार नेकपा एसमा प्रवेश गरेका छन् । बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा बसेको स्थायी समिति बैठकमा एसका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टी प्रवेश गराए । नेकपा हुँदा सुदूरपश्चिम प्रदेश कमिटीको सहइन्चार्ज जोशी एमाले समानान्तर कमिटीको अध्यक्ष थिए । उनी सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिन्छन् । जोशीले एमाले अध्यक्ष केपी ओलीले दशबुँदे सहमति कार्यान्वयन नगरेका कारण नेकपा एसमा प्रवेश गरेको बताए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top