मुख्य सचिवको कार्यकाल छोट्याउन गृहकार्य

२१ असोज ७८, शुक्रबार

काठमाडौं : सरकारले मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतका अनुसार मुख्यसचिवको कार्यकाल दुई वर्ष र सचिवको कार्यकाल तीन वर्ष कायम हुने गरी प्रस्ताव गर्न लागिएको छ ।

हाल मुख्य सचिवको कार्याकाल तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष कायम गरिएको छ । मुख्यसविच र सचिवको कार्यकाल छोटो पार्न संघीय मामिला मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उच्च तहमा आन्तरिक गृहकार्य भइरहेको स्रोतले बतायो ।
संसद्मा दुई वर्षअघि लगिएको संघीय निजामती सेवा ऐनको विधयेक सरकारले फिर्ता लिने निर्णय गरेको छ । उक्त विधेयकमा केही परिमार्जन गर्ने तयारी भएको स्रोतले बतायो । परिमार्जित विधेयक अध्यादेशको रुपमा ल्याउने या संसद्मा पेस गर्ने भन्ने विषयमा टुंगो नलागेको स्रोतले बतायो ।

‘अहिलेको कानुनअनुसार सचिवको कार्याकाल पाँच वर्षसम्म कायम राख्ने हो भने हालै सहसचिवमा प्रवेश गरेका कर्मचारीलाई सचिव पदमा पुग्न कम्तीमा १४ वर्ष लाग्छ । दुई-तीन वर्षअघि सहसचिव भएका कर्मचारीलाई सचिवमा बढुवा हुन कम्तीमा १० वर्ष लाग्छ’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवले भने, ‘त्यसैले कर्मचारी क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन र कर्मचारीहरूको वृत्ति विकासका लागि पनि सचिव र मुख्यसचिवको कार्याकाल छोट्ट्याउनु जरुरी छ ।’

प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारीहरू पनि मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउनुपर्ने तर्क राख्छन् । प्रधानमन्त्री कार्यालयका एक उपसचिव भन्छन्, ‘सचिव सरहका नेपाली सेनाका विशिष्ट श्रेणीका जवानको कार्यकाल तीन वर्ष मात्र छ । तर कर्मचारी क्षेत्रमा मात्र किन पाँच वर्ष बनाउनु पर्‍यो ?’ नेपाल प्रहरीमा पनि सचिवसरहका उच्च जवानहरूको कार्यकाल चार वर्ष कायम गरिएको छ ।

मुख्यसचिव र सचिवको कार्याकाल तीन वर्ष र दुई वर्ष अन्तर्राष्ट्रिय अभ्यास भएको संघीय मामिला मन्त्रालयका उच्च कर्मचारीहरू बताउँछन् । मुख्यसचिव र सचिवको कार्यकाल अहिलेकोभन्दा छोटो बनाउन कर्मचारी संघ, संगठनका प्रतिनिधिहरूको पनि सुझाव छ । नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव यज्ञराज अर्यालले मुख्यसचिव र सचिवको कार्याकाल छोट्टयाउन बहस र गृहकार्य हुनु सकारात्मक भएको बताए ।

कर्मचारीहरूको वृत्ति विकासका लागि पनि कार्याकाल छोट्ट्याउन अति आवश्यक भएको उनको भनाइ छ । मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउँदा सहसचिवहरू सचिवमा र सचिवहरू मुख्यसचिवमा बढुवा हुने सम्भावना अहिलको भन्दा धेरै बढी हुन्छ । स्रोतका अनुसार निजामती कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गर्ने विषयमा पनि उच्च तहमा गृहकार्य भइरहेको छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top