आर्थिक वृद्धि ३.९ प्रतिशतको रहने

२२ असोज, काठमाडौं ।

चालू आर्थिक वर्षमा २०७८÷७९ मा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ बिहीबार सार्वजनिक गर्दै बैङ्कले अघिल्लो आवको तुलनामा नेपालको वृद्धिदर १.८ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।

खोप अभियानले गति लिएको तथा पर्यटन र वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा आएको सुधारले वृद्धिदरलाई सहयोग पु–याउने बैङ्कले जनाएको छ । यद्यपि सन् २०२२ मा नेपालले हासिल गर्ने वृद्धिदर कोभिड–१९ पूर्वको भन्दा तल नै रहने बैङ्कले उल्लेख गरेको छ ।

यसअघि एसियाली विकास बैङ्कले चालू आवमा नेपालले ४.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले भने चालू आवमा ६.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

दक्षिण एसियाली मुलुकको औसत वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण रहेको छ । जसमध्ये माल्दिभ्सले सबैभन्दा धेरै ११ प्रतिशतको वृद्धिदर हासिल गर्ने बैङ्कको अनुमान छ । त्यस्तै भारतको ७.५, बङ्गलादेशको ६.४, भुटानको ३.६, पाकिस्तानको ३.४ र श्रीलङ्काको सबैभन्दा कम २.१ प्रतिशत रहने विश्व बैङ्कले गरेको छ ।

विश्वव्यापी रूपमै आएको अर्थतन्त्र सुधारको लहर दक्षिण एसियामा समेत देखिएको बैङ्कले देखाएको छ तर अर्थतन्त्रमा आएको सुधार कमजोर रहेको र कतिपय देश कोभिड–१९ पूर्वको प्रवृत्तिभन्दा टाढा रहेको बैङ्कले जनाएको छ ।

नेपालको अर्थतन्त्रको सुधार निरन्तर आर्थिक गतिविधि तथा खोप कार्यक्रममै निर्भर रहने पनि बैङ्कको निष्कर्ष छ । कोभिड महामारीले देशहरूलाई सङ्कटबाट सुधारतर्फ जाने तरिकाबारे योजना बनाउन अवसर प्रदान गरेको विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जेर्भोसले बताए

नेपालले हालै मात्र निजी क्षेत्रसमेतको सहभागितामा हरित तथा समावेशी विकासका लागि काठमाडौँ घोषणापत्र जारी गरेको र यसले साना तथा मझौला व्यवसायमा हरित लगानी भिœयाउन र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने उनको भनाइ थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top