दक्षिणी चीन सागरमा ‘अज्ञात चीज’ सँग ठोकियो अमेरिकी पान्डुबी, १५ नौसैनिक घाइते

२१ असोज ७८, शुक्रबार

२२ असोज, एजेन्सी ।

परमाणु ऊर्जाबाट चल्ने अमेरिकी पान्डुबी जहाज दक्षिणी चीन सागरमा ’अज्ञात बस्तु’ सँग ठोकिएको छ। उक्त घटनामा १५ अमेरिकी नौसैनिक घाइते भएको बीबीसीले जनाएको छ।

अमेरिकी अधिकारीहरुका अनुसार यूएसएस कनेक्टिकट नामको यो पान्डुबी स्थानीय समय अनुसार शनिबार अज्ञात बस्तुसँग ठोकिएको बताइको छ।

अधिकारीहरुका अनुसार अहिलेसम्म पान्डुबी केसँग ठोकिएको भन्ने स्पष्ट भएको छैन। अमेरिकी नौसेनाका प्रवक्ताले यो दुर्घटनापछि पान्डुबी अमेरिकाको गुआम तट तर्फ अघि बढिरहेको जनाइएको छ।

उनले भने, “दुर्घटनामा यूएसएस कनेक्टिकटको परमाणु ऊर्जा प्लान्ट र अन्य महत्वपूर्ण हिस्सामा कुनै हानी पुगेको छैन र पान्डुबीले ठिकसँग काम गरिरहेको छ।”

उनले ठक्करबाट पान्डुबीमा पुगेको क्षतिबारे जाँच हुने जनाए। यो घटना यस्तो बेला भएको छ जतिबेला चीन र ताइवानको सम्बन्ध निकै तनावपूर्ण चलिरहेको छ।

हालसालै चीनका ३८ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा अतिक्रमण गर्दै प्रवेश गरेको आरोप लागिरहेको छ। चीनको सेनाले अक्टोबर महिनाको पहिलो चार दिनमा १५० विमान आफ्नो हवाइ क्षेत्रमा पठाएको आरोप ताइवानको छ।

पान्डुबी घटना भन्दा केही हप्तामात्र अघि अमेरिका, बेलायत र अस्ट्रेलियाले एक समझौता गरेका थिए जसको माध्यमबाट अमेरिकाले अस्ट्रेलियाका लागि परमाणु ऊर्जाबाट चल्ने पान्डुबी बनाउने सहमति भएको थियो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top