रामचन्द्र पौडेल र सशांक कोइरालाको साथ छोडेको सुजाताको घोषणा

२२ असोज २०७८, शुक्रबार
Share this
833shares

२२ असोज, काठमाडौं।

Advertisement

नेपाली काँग्रेसकी प्रभावशाली नेता सुजाता कोइरालाले आजबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह छाडेकी छिन् । उनले पौडेलको कार्यशैली पार्टी, देश र जनताको हितविपरित भएको भन्दै साथ दिन नसक्ने बताएकी हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले भनिन्, ‘रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्नँ । पौडेल र सशांक दुवैसँग नेपाली काँग्रेसलाई हाँक्ने क्षमता छैन ।’

Advertisement

मन्त्रिमण्डलमा नाम नपरेपछि सुजाता कोइराला वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाप्रति असन्तुष्ट बनेकी हुन् । कोइरालाले मीनेन्द्र रिजालको नाम सिफारिश गरेपछि उनी झन् आक्रोशित बनेकी छिन् ।

उनले पौडेलको भूमिकामाथि समेत प्रश्न गर्दै सभापति बन्न नसक्ने ठोकुवा गरिन् । काँग्रेस महामन्त्री डा. सशांक कोइरालाप्रति पनि सुजाताले आक्रोश पोखेकी छिन् । उनले कोइराला महामन्त्री भएर पनि कुनै क्षमता देखाउन  नसकेकाे भन्दै सभापति बन्छु भन्दा दुनियाँ हाँस्ने टिप्पणी गरिन् ।

Advertisement

उनले भनिन्,‘रामचन्द्र पौडेल र सशांक कोइराला दुवैजना सभापतिका लागि योग्य छैनन् र हुन पनि सक्दैनन् ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top