दशबुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्नु : ईश्वर पोखरेल

Share this
779shares

२२ असाेज, काठमाडाैँ ।

Advertisement

नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बूँदे सहमतीलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन् । महासचिव पोखरेलले दश बूँदे सहमतीलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।

पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरुलाई समेटेर लैजादामात्रै १० बूँदे सहमतीको जीवन्त कार्यन्वयन हुने दावी समेत गरे । उनले भने, ‘दश बूँदे ठिक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने । रचनात्मक ढंगले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । अव के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्ने बारे समिक्षा गरौंला । तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेटदै लैजाने हो । दश बूँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नू हुँदैन । सृजनात्मक ढंगले बुझ्नु प¥यो ।’

Advertisement

महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पु¥याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरे ।

अध्यादेशको विरोध गर्ने माधवले अध्यादेशले पार्टी फुटाएः गोकर्ण विष्ट

Advertisement

कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘दल विभाजन अध्यादशेको विरोध गर्ने कमरेड माधव नेपाल र झलनाथ खनाल आज ४० प्रतिशत होईन, उहाँहरुलाई जति प्रतिशत राख्दा पुग्छ, त्यही आधारमा २० प्रतिशत पुग्ने अध्यादेश ल्याएर छापामार शैलीमा दल विभाजन गर्नु भयो । जुन राजनीतिक, कानुनी, नैतिक कुनै हिसावले पनि औचित्यपूर्ण हुन सक्दैन ।’

सचिव विष्टले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न कहिल्यै नभनेको पनि पटकपटक दोहो¥याए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top