विश्वकप छनोट : इंग्ल्याण्डको शादार जित

विश्वकप छनोट : इंग्ल्याण्डको शादार जित

२४ असोज, काठमाडौं ।

फिफा विश्वकप छनोटमा इंग्ल्याण्डले शानदार जित निकालेको छ ।

युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समूह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई ५–० को फराकिलो अन्तरले हराएको हो ।

इंग्ल्याण्डको जितमा बेन चिल्वेल, बुकायो साका, ट्यामी अब्राहम, जेम्स वार्ड–प्रोव्से र ज्याक ग्रीलिशले गोल गरे ।

जितपछि इंग्ल्याण्ड सात खेलबाट १९ अंकसहित शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.