दमकमा नाटक तिम्रो आँखामा खसेको साँझ

दमकमा नाटक तिम्रो आँखामा खसेको साँझ

२४ असोज, दमक ।

‘रोट्रयाक्ट क्लब अफ दमक’ र ‘कदम थिएटर’ को संयुक्त प्रस्तुतिमा नाटक ‘तिम्रो आँखामा खसेको साँझ’ दमकस्थित कदम थिएटरको नाटक हलमा प्रस्तुत हुदैछ ।

बहुदल आएपछि ५० को दशकको परिवेश प्रस्तुत गरेको भएको यो नाटकले लैङ्गिक तथा यौनिक सीमान्तकृतको कथा बोकेको छ । रोट्रयाक्ट क्लब अफ दमक र कदम थिएटरको आयोजना र दमक नगरपालिका, बुकबस, दमक उद्योग वाणिज्य संघ, आशा प्रोजेक्टको सहयोगमा २ महिना लामो तयारी पश्चात असोज २१ गतेबाट नाटकको प्रस्तुति सुरु भएको छ र असोज २५ गतेसम्म प्रस्तुत हुनेछ ।
रोट्राक्ट क्लब अफ दमकका अध्यक्ष सपना लिम्बूका अनुसार, ‘आजपनि ती लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई उदार रूपमा समाजमा रहने अवस्था छैन । गोपनियताको डरले आफैँ खुल्न सकिरहेका छैनन् । अब त्यो अवस्था हुनुहुन्न । समाजको यस मुद्दालाई जसरी भएपनि उठान गरौँ भनेर हामीले कदम थिएटरसँग समन्वय गरौका छौँ ।’

नाटकका लेखक प्रकाश शर्मा अधिकारीले भने, ‘कोभिड अघि पूर्वमा एक किसिमको रंगमञ्चको माहोल थियो, बीचमा केही गर्न सक्ने नसक्दा रंगमञ्चको प्रभावलाई पूर्ववत् अवस्थामा ल्याउन र समाजकेन्द्रित विषयलाई उठान गर्न यो नाटक तयार गरेका छौं ।’
‘ कोभिड १९ ले रंगमञ्चमा समेत प्रभाव पारेको थियो, बीचमा भर्चुअल माध्यमद्वारा केही नाटक प्रस्तुत भएपनि । पछिल्लो समय खासगरी भौतिक रूपमै नाटकहरू मञ्चन हुन थालेका छन् । हामीले पनि २ महिनाको मेहेनतबाट यो नाटक मञ्चन गर्दैछौं’, नाटकका निर्देशक सागर खातीले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.