बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री देउवा धनगढीमा

४ कात्तिक ७८, बिहीबार
Share this
760shares

४ कात्तिक, धनगढी ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी अहिले प्रधानमन्त्री देउवा धनगढी आइपुगेका छन् ।

प्रधानमन्त्री देउवा आज दिनभर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा व्यस्त रहे। प्रधानमन्त्री देउवाले डोटीको दिपायल, बझाङ्गको थलारा, सदरमुकाम चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कंंचनपुरको महाकाली क्षेत्रको अवलोकन गरेका छन् ।

Advertisement

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य लगायतका विषयमा जानकारी लिएका थिए। प्रधानमन्त्रीसँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलगायत रहेका छन् ।

बाढी प्रभावित क्षेत्रकाे अवलाेकन गरेर प्रधानमन्त्रीसहितकाे टाेली भाेली काठमाडाैँ फर्किने जनाइएकाे छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top