×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

एमाले बैठकमा ओलीको आलोचना : १० बुँदे नमाने पार्टीलाई क्षति

५ कार्तिक २०७८

काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् । बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

बैठकको सुरुमै उपाध्यक्ष ज्ञवालीले पार्टीभित्र देखिएका विवाद समाधान गर्न बनेको कार्यदललाई व्यक्तिविशेषसँग जोड्नु गलत भएको भन्दै पार्टीमा यसले कालान्तरमा समस्या जन्माउने बताएका थिए ।

स्रोतका अनुसार रावलले पनि अध्यक्षले यस्तो धारणा राख्नु गलत भएको बताउँदै विवाद भएका विषय मिलाउनु पर्नेमा झन् बल्झाउने र कार्यकर्तामा निराशा फैलाउने अभिव्यक्ति दिनु नराम्रो भएको टिप्पणी गरेका थिए । ‘विवाद भए पनि समाधान हुन्छ भन्ने सन्देश दिनुपर्नेमा यस्तो रटान नगर्नू भन्ने शैलीको अभिव्यक्तिले पार्टीलाई क्षति पुर्‍याउँछ’, रावलको भनाइ उद्धृत गर्दै स्रोतले भन्याे ।

ओलीले बुधबार माधवकुमार नेपाल पार्टीमा रहन्छन् भनेर सहमति गरिएको, उनी नै नरहेपछि त्यसको कुनै औचित्य नभएको बताएका थिए । ‘अब १० बुँदे १० बुँदे, ट्याङट्याङ, ट्याङट्याङ गरिरहन आवश्यक छैन’, ओलीले बुधबार भनेका थिए, ‘माधव आउँछन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे ।’

स्थायी कमिटी बैठकमा उपमहासचिव भुसालले अध्यक्षबाट यस्तो अभिव्यक्ति आउँदा आश्चर्य लागेको बताउँदै सहमति कार्यान्वयन गर्नुपर्ने र त्यसले पार्टीलाई आगामी दिनमा झन् बलियो बनाउने भनाइ राखेका थिए । ‘पार्टीमा कोही व्यक्ति रहनु-नरहनु भन्दा पनि विचारले निर्देशित गर्ने कुरा भएकाले यसो भएन वा त्यसो भएन भनेर अर्कोलाई धेरै आक्षेप लगाउनु आवश्यक छैन ।

अहिले केही नेताहरू पार्टीभित्र हुनुहुन्न । अब पनि थप क्षति पुग्ने अभिव्यक्ति सार्वजनिक हुनु दुःखद हो’, भुसालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । बैठकमा १० बुँदे सहमतिको विषयले प्राथमिकता पाएपछि अध्यक्ष ओलीले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने, धेरै ठाउँमा समस्या नभएको जवाफ दिएका थिए ।

उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत पनि ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । उनले १० बुँदे सहमति कार्यान्वयन नभए पार्टीलाई ठूलो क्षति हुने संकेत गरेका छन् ।

स्थायी कमिटी बैठकमा १० बुँदे सहमतिबारे छलफल भएको स्वीकार गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सहजीकरण गर्न बनेको कार्यदलले शुक्रबार सुझाव दिने बताए । ‘१० बुँदे पार्टीको सहमति भएको र त्यसलाई पार्टीले स्वीकार गरेको अवस्थामा त्यसबारे कहीं कतै असहमति भए सहजीकरण गर्न बनेको कार्यदलले सहजीकरण गर्नेछ ।

आजको बैठकमा त्यसबारे छलफल भएको छ’, उनले भने। ज्ञवालीका अनुसार शुक्रबारको बैठकमा कार्यदलले सुझाव दिने भएकाले त्यस विषयमा थप निर्णयसमेत हुनेछ । दस बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न बनेको कार्यदलको पनि बिहीबार बैठक बसेको थियो । कार्यदलले शुक्रबार सुझाव दिने भएको छ । कार्यदलमा रावल संयोजक छन् ।

असार २७ गते गरिएको १० बुँदे सहमतिको विषयमा ओलीले दिएको अभिव्यक्तिपछि एमालेभित्र तरंग उठेको छ । १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि माओवादीबाट आएका रामबहादुर थापालगायत नेतालाई उही पदमा राख्ने समेतका पछिल्ला निर्णयलाई ओलीले कायम राखेर यसअघि नै १० बुँदेको औचित्य समाप्त भएको संकेत गरेका थिए ।

महाधिवेशन चितवनमा

एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको हो । महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।

सो कमिटीमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, विनोद श्रेष्ठ, राजन भट्टराई, कृष्णभक्त पोखरेल, आनन्द पोखरेल, सीता पोखरेल, पार्वती रावल, देवी ज्ञवाली, काशीनाथ अधिकारीलगायतका नेता समेटिएका छन् ।

Advertisement

माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले माओवादीकै पूर्वनेता थापाको संयोजकत्वमा समिति गठन गरेको हो । बिहीबारको बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र दसौं महाधिवेशनको तयारीबारे छलफल भएको थियो । त्यस्तै हालैको अविरल वर्षाका कारण भएको जनधनको क्षति, राहत तथा क्षतिपूर्तिबारे पनि छलफल भएको थियो । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top