पृथ्वीमा रुखको प्रजाति संख्या अनुमान गरिएभन्दा १४ प्रतिशतले धेरै रहेको अध्ययनको दाबी

१९ माघ, एजेन्सी । पृथ्वीमा रुखको प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएको भन्दा १४ प्रतिशतले धेरै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यसअघि ७३ हजार तीन सय प्रजातिका रुख रहेको अनुमान गरिएकोमा अझै नौ हजार दुई सय प्रजाति पत्ता लाग्न बाँकी रहेको अनुसन्धानकर्ताहरूले बताएका हुन् ।

दक्षिण अमेरिका, अफ्रिका र एसियाका उष्ण प्रदेश र उपोष्ण प्रदेशमा अज्ञात प्रजातिका रुखहरू रहेको पाइएको अध्ययन टोलीका प्रमुख एवम् अमेरिकाको सेन्ट पाउलमा रहेको मिनिसोटा विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डाक्टर पिटर राइसले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर उष्ण प्रदेशीय वनका धेरै दुर्लभ प्रजातिहरू जलवायु परिवर्तन र वन विनाशका कारण तीव्र रूपमा लोप भइरहेका पनि अनुसन्धानकर्ताले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

संसारभरिका एक लाखभन्दा बढी वन क्षेत्रमा रहेका लाखौँ रुखहरूको तथ्याङ्क प्रयोग गरेर वैज्ञानिकहरूले रुखका प्रजातिको सङ्ख्या अनुमान गरेका हुन् ।

पृथ्वीको अद्भूत जैविक स्वरूपलाई जोगाउन थप कदम आवश्यक रहेको अध्ययनको निष्कर्षमा भनिएको छ । अध्ययनको परिणामले विश्वभरि विभिन्न प्रजातिका रुख जोखिममा रहेको देखाएको छ । दक्षिण अमेरिका महाद्वीपमा कुल सङ्ख्याको ४३ प्रतिशत प्रजाति लोप भइसकेका प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top