२१ माघ, विराटनगर । सामाजिक सेवामा समर्पित राउण्ड टेवल नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
राउण्ड टेवल–१० का पूर्वअध्यक्ष सुनिल टिवडेवालको जन्म दिवसको अवसर पारेर राउण्ड टेवलले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।
त्यस्तै टिवडेवालको स्मृतिमा विराटनगरस्थित मानव सेवा आश्रममा आश्रित ८० जनालाई भोजन गराइएको थियो ।
सोही अवसरमा ५० थान कम्बल, १०५ जोडी चप्पल, सेनेटरी प्याडलगायतका सामग्रीसमेत वितरण गरिएको विराटनगर प्राइभ राउण्ड टेवल–१० का चार्टर चेयरमेन अनुपम राठीले जानकारी दिए ।
मानव सेवा आश्रममा निर्माणाधीन नयाँ भवन निर्माणका लागि टिवडेवालका नाममा ५ लाख रुपैयाँ पनि उपलब्ध गराउने उनले बताए ।
कार्यक्रममा सुनिल टिवडेवालका परिवारका साथै आश्रमकी अभिभावक पुनम दाहाल र राउण्ड टेवल नेपालका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।