लिभरपुललाई नवौँ पटक काराबाओ कपको उपाधि

लिभरपुललाई नवौँ पटक काराबाओ कपको उपाधि

१६ फागुन, एजेन्सी । लिभरपुलले नवौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै लिभरपुलले कीर्तिमानी जित निकालेको हो । चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा चेल्सीका केपा एरिजाबालगा गोल गर्न चुकेपछि जित लिभरपुलको पक्षमा गएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.