लगातार किन पाँच वर्ष सरकार जान सकिरहेको छैन, मन्थन गरौँः विश्वप्रकाश शर्मा

Share this
801shares

२१ फागुन, काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हालसम्म पाँच वर्ष एउटा स्थायी सरकार किन चलेन भन्ने प्रश्नको मन्थन हुनुपर्ने बताएका छन्।

Advertisement

उनले नयाँ ढंगले सोच्ने र मन्थन गर्न नसकिए सरकार अस्थिर हुने तथा त्यसको असर नागरिकले दुःख पाउँदै जाने बताए।

निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै शनिबार शर्माले भने, ‘हामी चुनावमा जाँदैछौं, चुनावमा जानुअघि हामी मन्थन गर्न चाहन्छौं, लगातार किन पाँच वर्ष सरकार जान सकिरहेको छैन?’

Advertisement

कम्तीमा पाँच वर्ष सरकारमा बसेर जनताको सेवा गर्ने सपना कांग्रेसले देख्नुपर्ने बताए। ‘यो ७० वर्षमा पाँच वर्षसम्म सरकार कसैले किन हाँक्न सक्नुभएन?,’ शर्माले भने, ‘यो गम्भीर प्रश्न छ।’

पञ्चायतकालमै सूर्यबहादुर थापा, बहुदलपछि गिरिजाप्रसाद कोइराला, जनआन्दोलनपछि पुष्पकमल दाहाल र गत चुनावबाट दुई वटा कम्युनिष्ट पार्टी एक भएर केपी ओली सत्तामा आउँदा कुनै सरकार पाँच वर्ष नटिकेको शर्माले बताए।

Advertisement

निर्वाचन जित्ने सवालमा पार्टी एक ठाउँमा रहेको भन्दै उनले अबको दसक एउटा बाटो बनाउन सकिने बताए।

‘कम्युनिष्टहरूले एउटा चुनाव जितेपछि पचास वर्ष हामी शासन गर्छौं भनेर भन्थे, हामी पचास बीस वर्षका लागि भन्ने नियन्त्रित मनोविज्ञानमा जान्नौं,’ उनले भने, ‘पाँच वर्षका लागि भन्छौं, जनताको सेवा राम्रोसँग ग¥यौं भने फेरि सरकारमा आउँछौं।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top