×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुक्खा पहिरोले चुरे काछवासी त्रासमा

११ चैत्र २०७८

११ चैत्र, बर्दिवास ।
बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् ।

बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् । पहिराले खयरमारा खोला थुनेर हिउँदे बाटोसमेत अवरुद्ध गरेपछि बजारसँगको सम्बन्ध पनि काछवासीको टुटेको छ ।

Advertisement
Advertisement

“के गरम् हजुर, निन्द्रा लाग्दैन, कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ”, भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले भने, “पहिरो गएदेखि बालक नानीहरू काखमा च्यापेर घरै बसिरहेका छौँ ।” बुधबार मध्यरातपछि (बिहीबार उज्यालो हुनअघि) तीनतले पाखामा ठूलो आवाजले पहिरो गएपछि सन्तमायाजस्तै चुरे काखका १० भन्दा बढी पाखा बस्तीका बासिन्दाको कथा व्यथा एउटै बनेको छ ।

“बर्खामा त बाढी आउने, सानातिना पहिरो जाने झेल्दै आएका हौँ, तर अहिले सुक्खायाममा गएको ठूलो पहिराले नसोचेको आपत् आयो”, भालुचौर बस्तीकी ६० वर्षीया सञ्चमाया तामाङ भन्छन्, “काछभित्रका सबैजसो घर थुम्का, पाखा र खोल्सा किनारका चौरमा छन्, कतिखेर पुरिन्छौँ पत्तै नपाइने भयो ।”

खयरमारा बटजारबाट उत्तरतर्फ चुरे पर्वतीय शृङ्खला छन् । यिनै चुरे पहाड काछमा बर्दिबास–१०, ११ का १० भन्दा बढी बस्ती छन् । गर्दीखोला, चनौटे, छोड्के, झ्याउरे, भाङ्ग्रे, पिपलदमार, गुरुङखोला, भालुचौर, बम्जनटार, पूर्वीखोला, सातदिने, शिर, चिसापानी, मासखोला र दोभानसहितका सबै बस्ती चुरे काछका हुन् ।

महोत्तरीको कर्णाली भनिने बर्दिबासभित्रका यी बस्ती बर्खायामभरि बाहिरी संसारसँग पूरै सम्बन्धविच्छेद हुन्छ । लगातार पानी परिरहँदा खोलाखोल्सीका बाटो थुनिँदा आवागमन नहुने भोग्दै बुझ्दै आएका काछवासी बर्खाभरिको नुनतेलको जोहो पहिले नै गर्छन् । हिउँद लागेपछि खोलाखोल्सीका बाटो खुल्छ ।

“तर अब त चैतमासको सुक्खायाम पनि डरमर्दो भयो, अब हामी कसरी बस्ने होला ?”, चुरे काछवासी समान चिन्ता व्यक्त गर्छन् । बुधबार रातिको पहिराले थुनेको बाटो अझै खुलेको छैन । सुक्खायामको यो पहिराले काछका भित्री बस्तीसहित खयरमारा बजारसम्मै पुर्ने र कटानको जोखिम बढाएको खयरमाराका सामाजिक कार्यकर्ता नीरनाथ गेलालको भनाइ छ ।

चैतको सुक्खायाममै भीषण पहिरो गएपछि काछका बासिन्दा डराएका छन् । बर्खामा सावधानी अपनाइए पनि हिउँद र त्यसपछि बर्खा नलागुञ्जेल त सञ्चोसँग बस्न पाइन्छ भन्ने सोच बुधबार रातिको पहिराले झस्काएको उहाँसहित काछ बस्तीका बासिन्दाको एउटै पीडा छ ।

अहिले सुक्खायाममा सबैलाई तर्साउने गरी पहिरो गएपछि बर्खामा झन् यो सङ्कट बढ्ने यहाँका बासिन्दा बताउँछन् । काछका बस्तीमा दमै, कामी जाति समुदायका एकाध घर भए पनि ९५ प्रतिशत चाहिँ तामाङ छन् । गरिबी, अभाव, अशिक्षा सबैले भोग्ने यहाँको पीडा रहेको खयरमाराका सामाजिक कार्यकर्ता चन्द्रलाल गौतम बताउँछन् ।

बुधबार मध्यरातपछि ठूलो आवाजमा पहिरो गएको काछ बस्तीका बासिन्दाको भनाइ छ । पहिरो गएको तीनतले वरपर नै पातलो पातलो देखिने बस्तीमा २०० भन्दा बढी घरपरिवार छन् । पहिराले खोल्सा थुनेपछि त्यता आवतजावतको साना सवारीसाधन पनि अहिले चल्न नसक्ने भएका छन् ।

हिउँदभरि खोलाबाटै आवतजावत गरिने सडक छ । अब त्यो पुरिएपछि बजार आवतजावत गर्न कति दिन नपाइने हो यकिन गर्न नसकेको काछ बस्तीका पाका व्यक्ति बताउँछन् ।

यसैबीच बर्दिबास–११ का वडाध्यक्ष धनबहादुर तामाङले पहिराको समस्याबारे नगर कार्यपालिकाको कार्यालय र नगरप्रमुखलाई अवगत गराएको जानकारी दिए। तत्काल पहिरो पन्छाएर बाटो खोल्ने र काछ बस्तीको दीर्घकालीन सुरक्षाका लागि आवश्यक पहलकदमी अहिलेको खाँचो भएको उनको भनाइ छ ।

पछिल्ला केही दिनयता अचाक्ली बढेको तापक्रमका कारण पहिरो गएको हुनसक्ने वातावरणविद्ले अड्कल गरेका छन् । चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा अहिले सुक्खा पहिरो गएको हुनसक्ने जिल्लाकै भङ्गाहा–७ का बासिन्दा वातावरण तथा चुरेविज्ञ डा विजयकुमार सिंहको भनाइ छ ।(रासस)

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top