×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वाङ यीको भ्रमणलाई लक्षित गरेर काठमाडौंमा सुरक्षा व्यवस्था कडा, स्वयम्भू र बौद्धका गुम्बामा निगरानी

११ चैत्र २०७८

११ चैत्र, काठमाडौं ।
चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई लक्षित गरेर काठमाडौंका सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले वाङको भ्रमणमा सुरक्षा व्यवस्था चुस्त बनाउने निर्णय गरेको थियो । वाङको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षाकर्मीले काठमाडौंको स्वयम्भू र बौद्ध क्षेत्रका गुम्बामा कडा निगरानी गरेका छन् ।

Advertisement
Advertisement

तिब्बतियन शरणार्थीको बसोबासस्थल र गुम्बाहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।
काठमाडौं जिल्ला सुरक्षा समितिले वाङको सवारीलाई स्कर्टिङ सहितको सुरक्षा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रहरीले चीनविरोधी गतिविधिमा संलग्नमाथि निगरानी बढाएको छ। यसअघि चीन विरोधी गतिविधिमा संलग्न नेपालीसँगै फ्री तिब्बतको अभियानमा संलग्नहरु प्रहरीको निगरानीमा रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो। यसअघि चिनियाँ गतिविधिको आरोपमा पक्राउ परेका विकास ठाकुरले यस पटक पनि प्रहरीले आफूमाथि केही दिनदेखि निगरानी बढाएको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा पनि उनलाई प्रहरीले तीन दिनसम्म हिरासतमा राखेको थियो। चिनियाँ राष्ट्रपति स्वदेश फर्किएसँगै उनलाई प्रहरीले छाडेको थियो। यस्तै गतिविधिमा संलग्नहरु प्रहरीको निगरानीमा छन्। उनीहरुलाई निगरानी गर्न प्रहरीले सिभिल प्रहरीको संख्या बढाएको छ।

यसअघि चीनका शीर्ष नेताहरुको नेपाल भ्रमणका क्रममा विरोधमा उत्रिने र दूतावास अगाडि प्रदर्शन गर्नेहरुलाई पनि निगरानी गरिरहेको प्रहरी स्रोतले जनाएको छ। ‘अहिले चीन विरोधी गतिविधि गर्न सक्ने सम्भावित मान्छेहरु हाम्रो निगरानीमा हुनुहुन्छ। केही गतिविधि गरे उहाँहरुलाई पक्राउ गरिन्छ’, स्रोतले भन्यो।

यसअघि राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा पनि कालो झण्डा देखाउनेहरू पक्राउ परेका थिए। यसपटक पनि त्यस्तै घटना हुन सक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो। तिब्बती शरणार्थीहरु पनि केही दिनदेखि नै निगरानीमा छन्।

Advertisement

चिनियाँ विदेशमन्त्रीको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top