×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना, तत्काल काठमाडौँको प्रदूषण नहट्ने

१६ चैत्र २०७८

१६ चैत, काठमाडौँ । आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म छ । कतै कतै हल्का पानी परेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

Advertisement

दिउँसो पनि काठमाण्डौसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । पर्सि शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान छ ।

यस्तै, तत्काल काठमाण्डौको प्रदूषण हट्ने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् । प्रदूषण हट्न हावाहुरी र ठूलो पानी पर्नुपर्ने तर अहिले त्यस्तो नदेखिएको मौसमविद् मानन्धरले बताए ।

‘पानी नपरेसम्म धुम्म भएको मौसम खुल्दैन’ उनले भने, ‘वायुमण्डलमा थेग्रिएर बसेको प्रदूषण पखाल्नेगरी वर्षा गराउने प्रणाली भित्रिएको छैन ।’

काठमाण्डौको आज बिहान साढे ७ बजे एअर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सय ६२ रहेको छ । काठमाण्डौ प्रदूषित शहरको पाँचौ नम्बरमा छ । हिजो बिहान एक्यूआई १ सय ६१ रहेको थियो ।

त्यस्तै अस्ति दिउँसो काठमाण्डौको एक्यूआई १ सय ६७ रहेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।

काठमाण्डौसहित मुख्य शहरमा प्रदूषणको अवस्था अस्वस्थकर नै छ । सुक्खा मौसम भएकाले सबैतिरबाट धुलो धुँवा वायुमण्डलमा जम्मा भएको छ । सुक्खापन बढेकाले प्रदूषण अझै बढ्ने सम्भावना छ । अ

हिले केही जङगलमा डढेलो लागेको र फोहोर बाल्ने तथा आगलागीजन्य गतिविधिले पनि प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले बताए । नेपालसहित दक्षिण पूर्वि एसियामा डढेलो उच्च रहेकाले प्रदूषण बढेको विभागका प्रवक्ता पौडेलको भनाइ छ ।

वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि त्यसको व्यवस्थापनका सरकारले बनाएका कार्ययोजना कार्यान्वयन हुन सकेका छैनन् ।

Advertisement

सरकारले उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि केही वर्ष अगाडि नै कार्ययोजना बनाएको थियो । तर व्यावहारिक रुपमा कार्यान्वयन गर्न कठिनाई भएकाले प्रदूषणमा कमी आउन नसकेको विभागले जनाएको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top