मधेशमा कांग्रेस सिध्याउने षड्यन्त्र भएको निधिको आरोप

७ बैशाख ७९, बिहीबार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले मधेशमा नेपाली कांग्रेस सिध्याउने षडयन्त्र भएको आरोप लगाएका छन् ।
सत्तारुढ ५ दलीय गठबन्धनले महानगर र उपमहानगरको नेतृत्वबारे गरेको भागबण्डाप्रति लक्षित गर्दै नेता निधिले मधेशमा कांग्रेस सिध्याउने प्रयास भएकोतर्फ सचेत रहन आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनले आज गरेको सहमतिअनुसार मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख जसपाले पाउने भएको छ ।
त्यस्तै जनकपुर उपमहानगरपालिकाको नेतृत्व पनि जसपाले पाउने भएको छ । मधेशका महत्त्वपूर्ण महानगर र उपमहानगरको नेतृत्व सुम्पिनुले कांग्रेसलाई कमजोर बनाउने निधिको भनाई छ ।
उनले कांग्रेसको आधार भूमिका रूपमा रहेको मधेश प्रदेश जसपालाई जिम्मा लगाउने गरी गठबन्धनले निर्णय गरेको आरोप लगाए ।
‘मधेशमा कांग्रेसलाई कमजोर बनाउने र जसपालाई बलियो बनाउने काम भएको छ । गठबन्धनको भागबण्डा अराजनीतिक र कांग्रेसविरुद्ध छ’, निधिले भने ।
उनले गठबन्धनका नाममा गरिएको भागबण्डाले मधेशसँगै देशका अन्य प्रदेशका नेता कार्यकर्ताहरूको पनि योगदानको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top