पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

७ बैशाख ७९, बिहीबार

एजेन्सी, ८ वैशाख । वेष्ट इन्डिज क्रिकेट टोलीका आक्रामक ब्याटर केइरन एड्रियन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास घोषणा गरेका छन् । ३४ वर्षीय पोलार्डले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सको खेलअघि बुधबार सामाजिक सञ्जालमार्फत सन्न्यास घोषणा गरेका हुन् ।

‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेको छु,’ पोलार्डले भनेका छन् । यस्तै आफ्नोसमेत अन्य युवा जस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना भएको र त्यो समेत पूरा भएको पोलार्डले लेखेका छन् ।

‘१० वर्षको हुँदै नै राष्ट्रका लागि खेल्ने सपना थियो । टी-२० र एकदिवसीयमा देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व  गर्छु,’ पोलार्डले लेखेका छन् । पोलार्डको सन्न्याससँगै अब वेष्ट इन्डिजले अर्काे वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप र भारतमा आयोजना हुने एकदिवसीय क्रिकेटका लागि नयाँ कप्तान खोज्नेछ ।

पछिल्लो १५ वर्षका पोलार्डले वेष्ट इन्डिजका लागि ११३ एकदिवसीय खेलिसकेका छन् । सन् २००७ मा साउथ अफ्रिकाविरुद्ध डेब्यु गरेका पोलार्डले त्यसयता २७०६ रन बनाएका छन् । जसमा तीन शतकसमेत सामेल छ । उनले १०१ टी-२० खेल खेल्दा ५५ विकेट लिएका छन् भने १५६९ रन बनाएका छन् ।

पोलार्डले वेष्ट इन्डिजका लागि हालसम्म टेष्ट क्रिकेट खेलेका छैनन् । तर, उनले देशका लागि टी-२० र एकदिवसीय खेलमा भने क्रान्ति नै ल्याएका छन् । पोलार्ड टेष्ट खेलविना अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक खेल्ने दोस्रा खेलाडी हुन् । उनले २२४ खेल खेलेका छन् । जुन डेविड मिलरभन्दा कम हो ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएका पोलार्डले क्लब प्रतियोगितामा भने आफ्नो निरन्तरता दिनेछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top