इलाम, ८ वैशाख । सत्तारुढ पाँचदलीय गठबन्धनले इलाममा सहमति जुटाएको छ । इलामका १० वटा पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षमा सिट बाँडफाँड गरिएको हो ।
गठबन्धनको ठूलो दल कांग्रेसको भागमा ६ वटा स्थानीय तह परेका छन् । इलाम नपा, देउमाई नपा, रोङ गापा, फाकफोकथुम, सन्दकपुर, चुलाचुलीमा कांगेसले प्रमुख पदको उम्मेदवार उठाउने छ । यस्तै इलाम नपा, सुर्योदय नपा, माई नपा, रोङ गापा, र माईजोगमाईमा कांग्रेसले उपप्रमुख पाएको छ ।
माओवादीको भागमा एक नगरपालिका परेको छ । उसको भागमा माई नगरपालिका प्रमुख परेको हो । देउमाई नपा, फाकफोकथुम र चुलाचुली गापामा माओवादीले उपप्रमुख पाएके छ ।
नेकपा समाजवादीले दुई स्थानीय तहमा प्रमुख र एक गाउँपालिकामा उपप्रमुख पाएको छ । सुर्योदय नपा र माईजोगमाई गाउँपालिका प्रमुख पाएको उसले सन्दकपुर गापामा उपप्रमुख पाएको छ ।
यस्तै जनता समाजवादीले माङसेबुङ गापाको उपाध्यक्ष पाएको छ ।