महिलालाई पहिलो पटक अन्तरिक्षमा पठाउँदै साउदी

२ फागुन ,एजेन्सी ।
साउदी अरबले पछिल्लो समय क्रमिकरुपमा आफ्नो अति रुढिवादी मान्यतालाई सुधार्दै लगेको छ । महिलाहरुलाई पुरुषको साथ विना अभिभावकको कार चलाउन दिनेदेखि कामकाजमा उनीहरुको सहभागिता बढाउनेसम्म, साउदी अरबले क्रमिकरुपमा महिलाहरुको हकअधिकारका पक्षमा पाइला चालेको छ ।

अब फेरि साउदी अरबले देशकी एक महिला अंतरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने ऐतिहासिक निर्णय गरेको छ । साउदी अरबले यस वर्षको अन्त्यसम्ममा एक अंतरिक्ष मिशनमा एक महिलालाई पठाउने भएको छ । जो यो मुलुकबाट अंतरिक्षमा जाने पहिलो महिला बन्नेछिन् । उनी हुन्, रेयाना बरनावी ।

आफ्नो छिमेकी मुलुक संयुक्त अरब इमिरेट्स(यूएई) को नक्सा कदममा हिड्न सुरु गरेको साउदी अरबले पनि अंतरिक्षमा आफ्नो नागरिक पठाउने अभियानलाई सफल बनाउँन तयारी थालेको छ । यूएई सन २०१९ मा आफ्नो नागरिकलाई अंतरिक्षमा पठाउने पहिलो अरब देश बनेको थियो ।

रिपोर्टहरुका अनुसार रेयाना बरनावीले एक अर्का पुरुष अंतरिक्ष यात्री अली अलकर्नीको साथमा इन्टरनेशनल स्पेश स्टेशनबाट आफ्नो यात्रा सुरु गर्नेछिन् । यो मिशनमा क्रु मेम्बर्स पनि सहभागि हुनेछन् । उनको स्पेश शिप अमेरिकाबाट उडान भर्नेछ । दुवै अन्तरिक्ष यात्री अमेरिकाबाट प्रक्षेपण हुने ब्ह्–द्द अन्तरिक्ष अभियानमा संलग्न हुनेछन्।

यस मिशनको उद्देश्य मानव अन्तरिक्ष उडानमा देशको क्षमता अभिवृद्धि गर्नु हो। यससँगै साउदीले स्पेसलाई उद्योगको रूपमा प्रयोग गर्ने लक्ष्य राखेको छ।अहिले बरनावी र अल्कर्नी बाहेक, अन्य दुई अन्तरिक्ष यात्री, मरियम फिरदौस र अली अलघामदी भविष्यको साउदी मानव अन्तरिक्ष उडान कार्यक्रमको लागि तालिम लिइरहेका छन्।

साउदी नेता क्राउन प्रिन्स मोहम्मद विन सलमान पनि आफ्नो समाजमा महिलाहरुका लागि सुधार हुनुपर्ने कुरामा लगातार जोड दिइरहेका छन् । र आफ्नो देशको कठोर छविलाई निरन्तर बदल्ने पनि प्रयास गरिरहेका छन् । २०१७ मा उनले सत्तामा आएपछि महिलाहरुलाई पुरुषहरुको साथ विना नै कार चलाउन र विदेश यात्रा गर्न अनुमति दिएका थिए ।

२०१६ मा कामकाजी महिलाहरु १७ प्रतिशतको तुलनामा अहिले यहाँ ३७ प्रतिशतको आँकडा पुगेको छ । यस्तै साउदी अरब यसअघि अंतरिक्ष मिशनमा कोशौं टाढा थियो । तर सलमान सत्तामा आएपछि यसमा पनि धेरै उपलब्धिहरु देखिन थालेका छन् ।

प्रोजेक्टहरु अगाडि बढेका छन् । सन २०१८ मा साउदी अरबले एक स्पेश प्रोग्राम स्थापित गर्यो । र अंतरिक्ष यात्रीहरुलाई स्पेशमा पठाउने योजना बनाएको छ । साउदी अरबको यो मिसन प्रिंस सलमानको भिजन २०३० एजेन्डाको एक भाग हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top