नेपाली टिममा परेनन् सन्दीप, यूएई जान पाएनन् अनुमति

११ फागुन, काठमाण्डौ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । यूएईमा यही फागुन १५ गतेदेखि हुने शृंखलाका लागि बिहीबार नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

Advertisement

नेपाली टिममा यसअघि घरेलु मैदानमा भएको त्रिदेशीय शृंखलामा रहेका सन्दीप लामिछाने र सूर्य तामाङ परेका छैनन् । आरिफ शेख, मौसम ढकाल र प्रतिश जिसीले टिममा स्थान बनाएका छन् । सन्दीपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग सिफारिस मागे पनि अस्वीकार गरिएको थियो ।

नेपालले फागुन १५ गते पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै उक्त शृंखलाको सुरुआत गर्नेछ । नेपालले फागुन १८ गते यूएईसँग, फागुन १९ गते पुनः पीएनजीसँग र फागुन २२ गते पुनः यूएईसँग खेल्ने तालिका छ । रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम (मौसम) ढकाल, गुल्सन झा र प्रतिश जिसी ।

Advertisement

प्रतिश र श्याम पहिलोपटक राष्ट्रिय टिममा परेका हुन्। नेपालमा हालै सम्पन्न खेलहरुमा लामिछानेले नियमित खेलेका थिए। उनले राम्रो प्रदर्शन गरेको भन्दै क्यानले यूएई लैजान पहल गरेको थियो। तर, राष्ट्रिय खेलकुद परिषद्ले थप पहल नगरेपछि क्यान पछि हटेको हो।

नाबालिक बलात्कार मुद्दा खेपिरहेका सन्दीप २० लाख धरौटीमा रिहा भएका छन्। अदालतले उनलाई विदेश जान रोक लगाएको छ। । आलोचनाका बाबजुद क्यानले सन्दीपलाई गत मंगलबार मात्र सम्पन्न भएको सकिएको विश्वकप लिग टू को खेलमा पुनरागमन गराएको थियो ।

Advertisement

उक्त सिरिजको ४ खेल खेलेका सन्दीपले १३ विकेट लिएका थिए । यूएई भ्रमणमा रहेको नेपालले घरेलु टोली यूएई र पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले पहिलो खेल फागुन १५ मा पपुवा न्युगिनीसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top