अल नासरमा रोनाल्डोको दोस्रो ह्याट्रिक

१४ फागुन , एजेन्सी ।
पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासारले साउदी प्रो–लिगमा शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा डेम्याकलाई ३–० गोल अन्तरले हराउँदै अल नासार साउदी प्रो लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।

खेलको १८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले अल नासारलाई सुरुवाती अग्रता दिलाएका थिए । डेम्याकका कप्तान इब्राहिम अल नखलीले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि अल नासारले पेनाल्टीको अवसर पाएको थियो । खेलको २३ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

४४औँ मिनेटमा रोनाल्डोले गो गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । अल नासरले दोस्रो स्थानको अल इतिहादलाई २ अंकले पछि पारेको छ । पराजित डेमाक २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै रोनाल्डोले अल नासरका लागि दोस्रो तथा आफ्नो करिअरको ६२ औं ह्याट्रिक पूरा गरेका हुन् । यसअघि रोनाल्डोले अल वेहदामाथि ४–० जितमा ह्याट्रिकसहित सबै चार गोल गरेका थिए । यससँगै रोनाल्डोले अल नासरबाट ६ खेल खेल्दा ८ गोल र २ असिस्ट प्रदान गरेका छन् ।

रोनाल्डोलाई क्लबमा ल्याएर प्रदर्शन उच्च गरिरहेको अल नासरले युरोपका अन्य दुई भेट्रान खेलाडी भित्र्याउने तयारी गरिरहेको स्पेनिस पत्रिका मार्काले दाबी गरेको छ । जसका अनुसार रियल मड्रिडबाट खेलिरहेका क्रोएसियाका कप्तान र फ्रेन्च क्लब पीएसजीबाट खेलिरहेका स्पेनिस पूर्वकप्तान सर्जियो रामोसलाई टिममा ल्याउन अल नासरले प्रयास गरिरहेको दाबि छ ।

रामोसको यही सिजनको अन्त्यबाट पीएसजीसँगको करार सकिँदैछ । उनले केही दिन अघिमात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए । त्यस्तै अवस्था मोड्रिचको पनि छ । उनको पनि यही सिजनको अन्त्यबाट मड्रिडमा करार सकिँदैछ । यद्यपि उनले आफ्नो करियरको अन्त्यसम्मै मड्रिडमा रहन चाहेको बताउँदै आएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top