भारतीय आई ड्रप अमेरिकामा प्रतिबन्ध

२१ चैत, एजेन्सी ।
भारतमा निर्माण भएको एक आईड्रप माथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले भारतमा बनेको उक्त आईड्रप प्रयोग नगर्ने सावधानीको सूचना समेत जारी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा उक्त आईड्रपका कारण ५५ जनामा संक्रमण, अन्धोपन र अन्य समस्या पाइएको छ।

Advertisement

एक जनाको मृत्यु समेत भएको बताइएको छ। उक्त आईड्रप भारतको ग्लोबल फर्मा हेल्थकेयर प्राइभेट लिमिटेडले बनाउँछ। यसले उत्पादन मापदण्ड समेत उल्लंघन गरेको बताइएको छ। चेन्नइस्थित उक्त कम्पनीले बुधबार अमेरिकामा रहेको सबै स्टक फिर्ता मागेको छ। भारत सरकारले उक्त कम्पनीमा एउटा टिम पठाएको छ।

फेब्रुअरी २० मा, एफडीए अधिकारीहरू भारतको तमिलनाडुमा रहेको ग्लोबल फार्मा कम्पनीको प्लान्टको अनुसन्धान गर्न आएका थिए। अमेरिकी अधिकारीहरू मार्च २ सम्म भारतमै रहेर प्लान्टमा भएको अनियमितताको अनुसन्धान जारी राखेका थिए । अहिले एफडीएका अधिकारीहरूले आफ्नो प्रतिवेदन सार्वजनिक गरेका छन् ।

Advertisement

जसमा उनीहरूले फार्मा कम्पनीको प्लान्टमा प्रयोग हुने मेसिन र औजार फोहोर भएको र कर्मचारीले प्रयोग गर्ने लुगा पनि सफा नभएको दाबी गरेका छन् । गत वर्ष भारतीय कफ सिरफका कारण गाबियामा ७० बच्चाको मृत्यु भएको थियो। यो घटना बाहिरिएपछि विश्व स्वास्थ्य संगठनले समेत कफ सिरफ सेवन नगर्न सूचना जारी गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top