स्वर्णिमका बुबा चढ्ने कारमाथि कसले गर्याे तोडफोड ?

स्वर्णिमका बुबा चढ्ने कारमाथि कसले गर्याे तोडफोड ?

८ वैशाख, काठमाण्डौ ।
तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ । तनहुँको व्यास नगरपालिका–३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ ।

बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ अञ्जित अर्यालले बताएका छन् । अर्याल उम्मेदवार वाग्लेका ठूलिआमाका छोरा हुन् । उनले चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई तनहुँ ल्याएका थिए । अर्यालले निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आएका थिए ।

‘बिहीबार बेलुका साढे ८ बजे कारलाई दमौली बजारमा रहेको मालपोत कार्यालय अगाडिको सन्तोष होटलमा पार्किङ गरेर राखेर हामीहरु सोही होटलमा सुत्यौं,’ अर्यालले भनेका छन् ‘बिहान होटलका कर्मचारीले कार तोड्फोड भएको जानकारी दिनुभएको हो ।’

होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भाग क्षतिग्रस्त भएको छ । कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजकुमार विकले बताएका छन् ।

विकका अनुसार कार दीलकमारी खनालको नाममा छ । खनाल वाग्लेकी आमा हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । नेपाली काग्रेस परित्याग गरी वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि कांग्रेसका शीर्ष नेताहरुले नै वाग्लेको तीव्र आलोचना गर्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.