×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

शरणार्थी प्रकरणमा टोपबहादुरको कनेक्सन कहाँ देखियो ?

१ जेष्ठ २०८०

१ जेष्ठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । रायमाझीलाई पहिले नेकपा एमालेले जोगाउन लागेको भन्दै चर्को आलोचना भएपछि निलम्बन गरेको थियो ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझी भाग्ने मान्छे नभएको भन्दै बाटोमै पक्राउ गर्न खोजिएको भनेर आपत्तिसमेत जनाएका थिए । “निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ,” प्रधानमन्त्रीसँग भेट गरेर बाहिरिँदै गर्दा ओलीले अघिल्लो साता भनेका थिए, “चार वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेकजस्ता कुराहरू, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ ।”

Advertisement
Advertisement

तर ओलीले भागेर कही नजाने भनेका रायामाझी प्रहरीलाई सम्पर्क गरेर आउछु भनेर फरार भएका थिए । माओवादीको सशस्त्र युद्ध लडेर आएका रायमाझी ०६४ साल यता लगातार चारपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । नेकपा एकता केन्द्र मशालको राजनीतिबाट माओवादी राजनीतिमा पुगेका रायमाझी मशाल निकटको अखिल छैटौका केन्द्रीय अध्यक्षसम्म भएका थिए ।

मशाल छोडेर बाबुराम भट्टराईसँगै संयुक्त जनमोर्चामा लागेका रायमाझी संयुक्त जनमोर्चा हुँदै माओवादीसम्म पुगेका थिए । तत्कालीन नेकपा माओवादीबाट सशस्त्र ‘जनयुद्ध’को निर्णय गर्ने ९ सदस्यीय सचिवालयका एक सदस्य रायमाझी पनि थिए । सशस्त्र युद्ध सुरु भएपछि पनि माओवादीभित्र रायमाझी लामो समयसम्म बाबुराम निकट भनेर चिनिन्थे ।

तर बाबुराम भट्टराईले माओवादी छोडेर बाबुरामले नयाँ शक्ति गठन गर्दा भने बाबुरामको साथ छोडेका थिए । नेकपा एमाले र माओवादी केन्द्र एक हुनु अगावै माओवादी केन्द्रको सिफारिसमा मन्त्री भएका रायमाझी एमाले र माओवादी अलग भएपछि भने सरकार र एमालेमा नै बसेका थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जा मन्त्री बनेका थिए ।

माओवादीमा पनि नफर्किने र सांसदबाट कारवाही गर्न पनि नपाउने उनको जिकीर उनको थियो । रायमाझीले निर्वाचन आयोगमा त्यही दाबी गर्दा कार्यान्वयन नभएपछि सर्वोच्च समेत गएका थिए । एमालेमा सचिव रहेका रायामाझीलाई शरणार्थी प्रकरणमा जोडिएपछि पार्टीले निलम्बन गरेको छ । रायमाझी मंसिरको निर्वाचमा अर्घाखाँचीमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसाललाई पराजित गर्दै निर्वाचित भएका हुन्।

उनले भुसाललाई १७३० मतान्तरले पराजित गरेका थिए । यसअघि २०६४, २०७० र २०७४ मा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए । अब सांसद रायमाझीको पद निलम्बन हुने भएको छ। कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ।

रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top