×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले राखे विश्व किर्तिमान

२५ कार्तिक २०८०

२५ कार्तिक ,काठमाण्डौ ।
नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । लेखकसमेत रहेका उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिए । ‘गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो ।

Advertisement
Advertisement

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु’, उनले भने, ‘यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ।’

असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए ।

प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वर्ल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए । डा ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् ।

यस्तै यसअघि अतिथि वक्ता भएर लगातार ४४ हप्ताको एपिसोडमा मुटुरोग रोकथामसम्बन्धी अन्तर्वार्ता दिएबापत पनि उनले गत मार्चमा दोस्रो विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१३÷१४ मा इमेज एफएममा अतिथि वक्ता भएर मुटुरोग रोकथामसम्बन्धी अन्तर्वार्ता दिएबापत ‘वर्ल्ड बुक अफ रेकर्ड लन्डन’ कायम गरेका हुन ।

अनिल सामाजिक सञ्जाललाई सदुपयोग गर्न सके सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण बनेका छन । ‘मेरो विचार र सन्देश प्रवाहका निम्ति सामाजिक सञ्जाल प्रभावकारी भएको छ,’ उनी भन्छन्, ‘यसले स्वास्थ्य चेतनाका क्षेत्रमा नयाँ आयाम पनि थपेको छ ।’ स्वस्थ जीवनशैली र मुटुरोगसम्बन्धी उनका प्रस्तुतिहरूलाई सामाजिक सञ्जालमा अत्यधिक रुचाइन्छन ।

यसबारे उनले सन् २०१७÷१८ मा हरेक शनिबार एक वर्षसम्म लगातार ‘फेसबुक लाइभ’ सञ्चालन गरेका थिए । उक्त अवधिमा हजारौं मानिसका विभिन्न समस्या, जिज्ञासालाई प्रत्यक्ष प्रसारणमै सम्बोधन गरेको उनको भनाइ छ । उनले कोभिड महामारीका बेला जनचेतनामूलक भिडियो तथा जानकारीहरू पोस्ट गरेर मानिसहरूलाई स्वास्थ्य सतर्कताबारे सुसूचित गरेका थिए ।

मुटुरोगसँगै उच्च रक्तचाप, मधुमेहलगायतका विभिन्न दीर्घरोगीका समस्यालाई प्रस्तुत गर्दै आएका छन । लकडाउनको समयमा सर्वसाधारणको स्वास्थ्य सेवाको पहुँच खुम्चिएको थियो । उनले फेसबुकलगायत सामाजिक सञ्जालमा सचेतनामूलक सामग्री पस्केर लाखौं मानिससमक्ष सहायता पु¥याएका थिए ।

यसको अलावा उनले दूरदराजका मानिसलाई निःशुल्क टेलिमेडिसिन, फेसबुक, ह्वाट्सएप र भाइबरमार्फत निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्दै आएका छन । उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट एमडीमा स्वर्णपदक जितेका छन ।

एसियाको प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) बाट डीएम कार्डियोलोजी तथा अमेरिकन कलेज अफ कार्डियोलोजीबाट (एफएसीसी) र विश्वस्तरको सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट फेलोसिप प्राप्त गरिसकेका छन ।

Advertisement

सन् २०११ देखि २०१५ सम्म उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डीएम कार्डियोलोजी प्रोग्राम तथा क्याथ ल्याब सेवा स्थापना र व्यवस्थापन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसबाट मुटुरोगसम्बन्धी उच्च शिक्षा अध्ययन तथा स्वास्थ्य सेवाको पूर्वाधार र शैक्षिक अवसरलाई सुदृढ गर्न योगदान पुगेको उनको दाबी छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top