×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

कोरियाको पानीजहाज कम्पनीमा नेपाली, कति हुन्छ तलब ?

२५ मंसिर २०८०

२५ मंसिर,एजेन्सी ।

दक्षिण कोरियामा पानीजहाज कम्पन्नीका लागि कोरियाली भाषा परीक्षामा सहभागी भएका आवेदकमध्ये करिब ४ हजार १ सय जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार भाषा परीक्षाका लागि ३५ हजार जनाभन्दा बढीले फारम भरेकामा ३२ हजार जतिले जाँच दिएका थिए ।

Advertisement
Advertisement

त्यो भनेको जाँच दिएकामध्ये करिब १३ प्रतिशत भाषा परीक्षामा उत्तीर्ण भएका हुन् । कोरियाको मानव संशाधन विकास सेवा (एचआरडीएस) ले नै उनीहरूको परीक्षा लिएको हो । ईपीएस शाखाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भएका आकाङ्क्षीहरूको अब सीप परीक्षण (स्किल टेस्ट) गरिनेछ ।

जाउलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कोरियाकै टोली आएर यही मङ्सिर २४ गतेदेखि २८ गतेसम्म स्किल (दक्षता) एवं कम्पिटेन्सी (क्षमता) टेस्ट लिनेछ । त्यसपछि उत्तीर्ण व्यक्तिहरूको अन्तिम नतिजा सार्वजनिक हुन्छ । अनि उनीहरूको स्वास्थ्य परीक्षण गराएर रोस्टरमा नाम चढाइने छ ।

भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिमध्ये चार हजार जनाको हाराहारीमा सीप परीक्षणमा पास हुने अधिकारीहरूको अनुमान छ । “एकैचोटि ती चार हजार जना कोरिया गइहाल्ने भन्ने हुँदैन । रोस्टरमा चढाएकाहरू क्रमिक रूपमा जाने हुन्। अबको दुई वर्षभित्र तिनीहरू कोरिया गइसक्छन्,” वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् ।

अधिकारीहरुका अनुसार सन् २०२४ को फेब्रुअरीदेखि श्रम स्वीकृति जारी हुन थाल्नेछ र त्यसमा अहिले उत्तीर्ण व्यक्तिहरू समेटिनेछन् । नेपालीले कोरियामा न्यूनतम मासिक तलब दुई लाख रुपैयाँ पाउने गरेका छन् । पानीजहाज निर्माण लगायतका काममा ओभर टाइम केही बढी पाइन्छ ।

ओभर टाइममा डेढी र बिदाको दिन दुई गुनासम्म पाइने भएकोले तीन÷चार लाख रुपैयाँसम्म आम्दानी हुन सक्छ । अधिकांश कामदार आय आर्जनकै लागि कोरिया जाने हुँदा १५ देखि २५ प्रतिशत रकम त्यहाँ खर्च गरेर बाँकी बचत गर्न सम्भव भएको अधिकारीहरू बताउँछन् ।

नेपाली कामदारले पानीजहाज निर्माण क्षेत्रमा खासगरी वेल्डिङको काम गर्नेछन् । त्यसबाहेक पेन्टिङ र इन्सुलेसनको काम पनि उनीहरूले गर्न पाउनेछन् । पूर्ण दक्ष कामदार नजाने भएकाले अन्य निर्माणमा सहभागी हुने सम्भावना चाहिँ न्यून हुन्छ ।

पानीजहाजका लागि विभिन्न निर्माण कम्पनीले सानादेखि ठूलाठूला उपकरण एवं सामग्री बनाउनुपर्ने हुन्छ र त्यस्ता कम्पनीमा नेपालीहरू जाने छन् । कोरियाली विदेश मन्त्रालयका अनुसार उक्त देशबाट निर्यात हुने प्रमुख सामानका सूचीमा पानीजहाज पनि पर्छ ।

Advertisement

उक्त मन्त्रालयको वेबसाइटमा उल्लिखित विवरण अनुसार कोरिया विश्वकै धेरै पानीजहाज बनाउनेमध्ये एउटा देश हो । ईपीएस शाखाका अनुसार कोरिया जाने नेपालीको सङ्ख्या बढ्दो क्रममा छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top