भारतसँग रुष्ट माल्दिभ्सले गर्याे सर्वेक्षण सम्झौता रद्द

२९ मंसिर,एजेन्सी ।

राष्ट्रपतिमा निर्वाचित भएपछि लगातार भारत विरोधी अडान देखाउँदै आएको मोहम्मद मोइज्जुको सरकारले भारतसँगको अर्काे महत्वपूर्ण सम्झौता पनि रद्द गरेको छ । माल्दिभ्सले भारतसँगको हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता रद्द गरेको हो । दुई देशबीच जलविज्ञानको क्षेत्रमा सहयोग र अनुसन्धानका लागि यो सम्झौता भएको थियो ।

हालै राष्ट्रपति मोइज्जुले भारतलाई माल्दिभ्समा रहेका आफ्ना सेना फिर्ता गर्न आग्रह गरेका थिए । दुबईमा भएको जी २८ को बैठकमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेना फिर्ता ल्याउन दबाब दिएका थिए । यसपछि अब उनले भारत सरकारसँग चलिरहेको हाइड्रोग्राफिक सर्वेक्षणलाई अगाडि नबढाउने निर्णय गरेका छन् ।

Advertisement

मोइज्जु चीनको निकट मानिन्छन् । यो सम्झौता भारतीय प्रधानमन्त्री मोदी र माल्दिभ्सका तत्कालीन राष्ट्रपति इब्राहिम मोहम्मद सालेहबीच जुन २०१९ मा हस्ताक्षर भएको थियो। यस सम्झौता अन्तर्गत भारतले माल्दिभ्सको क्षेत्रीय जलको हाइड्रोग्राफिक सर्वेक्षण गर्नका साथै चट्टान, ताल, तटीय रेखा र ज्वारको स्तर अध्ययन र चार्ट गर्न अनुमति दिएको थियो।

यो सम्झौता पाँच वर्षको थियो। यस्तो अवस्थामा यही जुनमा सकिँदैथियो ।तर फेरि नवीकरण गर्नुपर्ने भए पनि मोइज्जुले यो द्विपक्षीय सम्झौतालाई अगाडि बढाउनुको साटो अन्त्य गर्ने निर्णय गरेका छन् । यसबारे जानकारी दिँदै मालदिभ्सका राष्ट्रपति कार्यालयका अधिकृत मोहम्मद फिरोजुल अब्दुल खलिलले भनेका छन्, ‘हाम्रो सरकारले भारतसँगको हाइड्रोग्राफिक सम्झौता २०२४ जुन ७ मा सकिँदैछ र यसलाई नवीकरण नगर्ने निर्णय गरेको छ ।

यस सम्झौताको सर्त अनुसार कुनै पक्षले यसबाट बाहिरिन चाहेमा छ महिना अगाडि नै अर्को पक्षलाई जानकारी दिनुपर्नेछ । कुनै पनि पक्षले यसबाट बाहिर निस्किएको जानकारी दिएन भने शर्त अनुसार दुई देशबीचको यो सम्झौता स्वतः ५ वर्ष थपिनेछ । यस्तो अवस्थामा माल्दिभ्स सरकारले आफ्नो निर्णयबारे भारतीय उच्चायोगलाई जानकारी गराएको छ ।

पछिल्लो समय भारतका सम्बन्धमा राष्ट्रपति मोइज्जुको यो दोस्रो महत्वपूर्ण निर्णय हो । यस महिनाको सुरुमा मोइज्जुले भारत सरकारले माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्न सहमत भएको बताएका थिए । जुन उनका लागि चुनावी अभियानदेखि नै समस्या बनेको थियो ।

बईमा भएको कोप शिखर सम्मेलनका क्रममा यस विषयमा छलफल भएको थियो । यहाँ मोइज्जुले प्रधानमन्त्री मोदीलाई भेटेका थिए। सो क्रममा दुवै नेताले सेना फिर्ता गर्ने विषयमा सहमति जनाएका थिए । माल्दिभ्सका जनताले त्याहा रहेका भारतीय सेना ततकाल फिर्ता लैजानु पर्ने भन्दै भारतविरोधी अभियान नै चलाएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top