अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

२५ फागुन,  एजेन्सी । 

तीन वर्षदेखि युक्रेनमा युद्ध लडिरहेको रुसले पछिल्लो समय युक्रेनबाट कडा जवाफी प्रत्याक्रमणको सामना गरिरहेको छ । रुसले दजनौं युक्रेनी क्षेप्यास्त्र र आधुनिक ड्रोनहरु नष्ट गरिसकेको छ । रुस भित्रै उसले मानवीय क्षति समेत व्यहोरिसकेको छ । यस्तो बेला रुसको राजधानी मस्कोमा केही दिन भित्रै अतिवादीको आक्रमण हुने मस्कोस्थित अमेरिकी दूतावासले चेतावनी दिएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी दूतावासले शुक्रबार यस्तो चेतावनी दिँदै आफ्ना नागरिकहरुलाई मस्कोको भिडभाडमा भेला नहुन आग्रह गरेको छ । दूतावासले आगामी ४८ घण्टाभित्र यस्तो आक्रमण हुने बताएको छ । अमेरिका र रुसबीचको कूटनीतिक तनाव तल्लो तहमा झरेको अवस्थामा यस्तो भएको हो ।

Advertisement

बिहीबार मात्रै रुसले अमेरिकी राजदूत लिनी ट्र्यासीलाई बोलाएर तीन अमेरिकी गैरसरकारी संस्थाको गतिविधिमा बन्द गर्न चेतावनी दिएको भोलीपल्ट यस्तो सूचना सार्वजनिक भएको हो । आगामी हप्ता रुसमा राष्ट्रपतीय चुनाव हुन लागेको समयमा यस्ता सूचना सार्वजनिक भएका हुन् ।

रुसमा यही मार्च १५ देखी १७ सम्म राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावमा पुटिन स्वतन्त्र उम्मेदवारको रुपमा उठेका छन् । ७१ वर्षका पुटिनले आफ्नो सत्ताधारी दल युनाइटेड रसिया पार्टीकै अनुमोदन अनुसार स्वतन्त्र उम्मेदवार उठ्न लागेका हुन् । उनी रुसका निर्विकल्प उम्मेदवार हुन् । संविधान संशोधन गरेर नै वर्तमान राष्ट्रपति पुटिनले आगामी २०३० सम्म आफू राष्ट्रपति बन्न सक्ने बाटो खोलिसकेका छन् ।

भर्खरको समाचार

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top